उपत्यका भयावह बन्दै, थप १२७ जनामा कोरोना पुष्टि


काठमाडाैँ, २९ साउनः बिहीबार काठमाडाैँ उपत्यकामा थप १ सय २७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएसँगै उपत्यका भयावह बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार काठमाडाैँका १११ , ललितपुरका ११ र भक्तपुरका ५ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएकाे परीक्षणमा काठमाडाैँका १३, शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा ललितपुरका २, वीर अस्पतालमा काठमाडाैँका ४, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा काठमाडाैँका ३ जनालाई कोरोना पुष्टि भएको छ ।



यस्तै नेपाल प्रहरी अस्पतालमा काठमाडाैँका ४८ र ललितपुरका १, स्टार अस्पताल सानेपामा भक्तपुरका १, काठमाडाैँका १९ र ललितपुरका ७, धुलिखेल अस्पतालमा काठमाडाैँका २ जना, विध ल्याबमा काठमाडाैँका ४ र सूर्य हेल्थ सेन्टरमा काठमाडाैँका १ जनामा कोरोना पुष्टि भएकाे छ ।
यसैगरि ह्याम्स अस्पतालमा काठमाडाैँका ९, ललितपुरका १ र नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडाैँका ७ र भक्तपुरका ४ जना र हेटौँडामा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।








