संक्रमित स्वास्थ्यकर्मीलाई घरवेटीले निकाले


रत्ननगर, बकुलहर रत्ननगर अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार भएको छ । अस्पतालमा कार्यरत डाक्टरमा कोरोना देखिएपछि केही स्वास्थ्यकर्मीलाई घरवेटीले दुव्र्यबहार गरेका हुन् । घरवेटीले निकालिदिएपछि केही स्वास्थ्यकर्मी होटलमा वसेको अस्पतालका मेसु डा. विश्वबन्धु वगालेले बताए ।
त्यसो त आफू रहेको भरतपुर वडा ४ को टोलवासीबाट समेत आफू दुव्र्यबहारमा परेको डा. वगालेको भनाइ छ । उनको घरमा शुक्रबार विहान टोलका केही व्यक्तिले यो कोरोना संक्रमितको घर हो भनी टाँसेका थिए । ‘मलाई यहाँ यस्तो व्यवहार गरिएको छ। उता अस्पतालका केही स्वास्थ्यकर्मीलाई पनि घरबेटीले कोठामा छिर्नै दिएका छैनन्, डा. वगालेले भने अव कसरी काम गर्न सकिन्छ ।











