उपत्यकामा थप ९८ जनामा कोरोना पुष्टि, भयवह बन्दै उपत्यका


काठमाडाैँ, ३१ साउनः पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप ९८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडाैँका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जनामा कोरोना पुष्टि भएकाे हो।



राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडाैँका २४ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ र काठमाडाैँका ३ जना, वी एण्ड वी अस्पतालमा गरिएको परिक्षणमा ललितपुरका १ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडाैँका २४ जनामा कोरोना पुष्टि भएकाे छ।
यस्तै स्टार अस्पताल सानेपामा गरिएको परिक्षण काठमाडाैँका १० र ललितपुरका ७ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका ८ जना र काठमाडाैँका ४ जना, विध ल्याबमा गरिएको परीक्षणमा काठमाडाैँका १० र ललितपुरका १ जना, विरेन्द्र अस्पतालमा गरिएकाे परीक्षणमा काठमाडाैँका ३ र सूर्य हेल्थ केयरमा गरिएकाे परीक्षणमा काठमाडाैँका २ जनामा कोरोना संक्रमण भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।








