थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि, १७ हजार ४९५ डिस्चार्ज

काठमाडौँ, १ भाद्रः नेपालमा आज सोमबार ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ६४१ जनामा संक्रमण देखिएको हो ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १६० जना उपचारपछि डिस्चार्ज भएर घर फर्केएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १७ हजार ४९५ पुगेको छ ।

आइसोलेसन रहने ९६३९ रहेको छ । नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १०४ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button