काठमाडाैँ उपत्यकामा थप १५९ जनामा कोरोना पुष्टि

काठमाडौँ, ३ भाद्रः काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १५९ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौँ उपत्यकामा १५९जना नयाँ संक्रमित थपिएका हुन्।

मंगलबार काठमाडौँ उपत्यकामा २०५ जना नयाँ संक्रमित थपिएका थिए।

सम्बन्धित खवर

Back to top button