थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, ८ भाद्रः नेपालमा आज सोमबार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ७४३ जनामा संक्रमण देखिएको हो ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ ।



आइसोलेसन रहनेको संख्या १३७१५ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५० पुगेको मन्त्रालयले जनाएको छ ।








