कोरोना भाइरसबाट एकजना मृत्यु : डिलकुमारी नेपाल , शंकर चितवन श्रेष्ठ


चितवनमा,१२,भदौ: चितवनमा आज थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । चितवनकै श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–बडा नम्बर २ का ५१ वर्षीय पुरुषको आज (शुत्रबार) विहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.सन्दिप पाण्डेले जानकारी दिएका हुन् । डा. पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको उहाँले बताउनुभयाे। । ती पुरुष लामोसमय देखि फोक्सोको दमको बिरामी रहेको डा.पाण्डेले बताएका छन् । भदौं ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे।गतभदौं ५ गते विहानै १० बजे श्वासप्रश्वासमा गम्भिर समस्या आएर अस्पताल भर्ना भएपछि ती पुरुषको गम्भिर अवस्थामा आइसीयूमा राखेर उपचार गरिएकाे थियाे । उनको तत्कालै कोरोना परीक्षणका लागि स्वाब संकलन गरि प्रयोगशाला पठाउँदा सोमबार राति रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियाे । पुष्पाञ्जली अस्पतालमा हाल एक जना संक्रमितको आइसीयूमै उपचार भइरहेको छ भने अर्का एक जना डिस्चार्ज भएका छन् ।यसअघि आज विहानै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको पनि मृत्यु भएको छ। आज (शुक्रबार) विहान ६ः५० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयाे निमोनिया र दमको बिरामी ती महिलालाई यही भदौं ७ गते उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको हाे। उति नै बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सो अस्पतालमा अहिले पनि ४० जना संक्रमितको उपचार भइरहेकोमा २० जना संक्रमितको गम्भिर अवस्थामा आइसीयू कक्षमा उपचार भइरहेको श्राेतले बताएकाे छ। जसमध्ये तीन जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।











