कोरोना संक्रमणका कारण सडकमा बस्दै आएका पुरुषको मृत्यु


काठमाडाैँ, १६ भदाैः वीरगञ्जमा सोमबार राति थप एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिकाको सडकमा बस्दै आएका ६० बर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
संक्रमित पुरुष घरबार बिहीन रहेको तथा उनको उपचारको क्रममा मृत्यु भएको चौरसियाले बताए ।



गत भदौ १३ गते उपचारको लागि नारायणी अस्पतालको आकश्मिक कक्षमा भर्ना भएका ती पुरुषको सोमबार राति पौने ९ बजे मृत्यु भएको हो ।
मृत्यु पश्चात मृतक पुरुषको स्वाब संकलन गरि नारायणी अस्पतालमै गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता चौरसियाले बताए ।








