काठमाडौँ उपत्यकामा ३८८ नयाँ संक्रमित

काठमाडौँ, १७ भदाैः काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा ३८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनअनुसार काठमाडौँमा ३५० सहित उपत्यकामा ३८८ नयाँ संक्रमित थपिएका हुन्।

भक्तपुरमा ९ र ललितपुरमा २९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button