बलात्कारको आरोपमा गौशाला वृतका प्रहरी जवान पक्राउ

काठमाण्डाैँ, २२ भाद्रः काठमाण्डुमा बलात्कारको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

वृत्तका डिएसपी जितेन्द्र भण्डारीले आइतबार भएको उक्त घटनापछि पीडित महिलाले उजुरी दिएको जानकारी दिए । घटनाको विषयमा अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।

सम्बन्धित खवर

Back to top button