काठमाडौँ उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि


काठमाडौँ, २४ भाद्रः पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३९४ , ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिएका हुन् ।



पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। बुधबार मात्रै नेपालमा १ हजार ८१ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।








