अमेरिकाको ओरिगनमा भीषण डढेलो, दर्जनौँ मानिस बेपत्ता


काठमाडाैँ, २७ भाद्रः अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोमा दर्जनौँ मानिस बेपत्ता भएका छन् भने दशौँ हजार मानिस बिस्थापित भएका छन्।
गर्भनर केट ब्राउनले डढेलोको जोखिम युक्त क्षेत्रका बासिन्दालाई घर बाहिर सुरक्षित स्थानमा बस्न आग्रह गरेकी छन् । डढेलोको जोखिमका कारण मानिसहरु घर बाहिर रहेको मौका छोपी लुटपाट पनि भएका छन् ।



आगलागीका कारण धेरैको ज्यान गएको हुन सक्ने ओरिगन राज्यको आपतकालीन व्यवस्थापन समितिका निर्देशक एन्ड्रयू फेल्प्सले बताएको छ ।







