थप १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडाैँ, १३ असोजः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७६२५८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ७३१ छ भने यससँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५५३७१ पुगेको छ ।



हाल मुलुकमा २०३९६ जना कोरोना संक्रमित रहेका छन्। त्यसमध्ये ९६८९ जना संगस्थागत र १०७०७ जना होम आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १०८९१ वटा पीसीआर परीक्षण भएको छ। क्वारेन्टिनमा ५७७८ जना रहेका छन्।








