माइतीघरमा उखु किसानको आन्दोलन (फोटो फिचर)

काठमाडौं  २०७७, ३० मंसिर : चिनी मिलले दिन बाँकी उखुको पैसा दिलाइदिन माग गर्दै उखु किसानले काठमाडौको माइतीघरमा प्रदर्शन गर्दै आएका छन्।  वर्षौँदेखि उखुको भुक्तानी नपाएपछि उनीहरु काठमाडौं धाइरहेका छन्। गत वर्षदेखि हिउँदको चिसो काँप्दै काठमाडौंसँग आशाको नजरले हेर्दै छन् उनीहरुले।

तर तीन तहको सरकार भएको देशमा अझै उनीहरुको कुरा सुनुवाइ भएको छैन। काठमाडौंको चिसोसँग पौंठेजोरी खोज्दै उनीहरु आफ्नो पसिनाको मूल्य दिन आग्रह गरिरहेका छन्। केही चिनी मिलले किसानमाथि भारतीय नागरिकको आरोप लगाउँदै पैसा दिन नसक्ने बताएपछि उनीहरुले माइतीघरको सडकमै नागरिकता समेत देखाए।

केही दिनअघि काठमाडौं आएका उनीहरुले आज पनि माइतीघरमा प्रदर्शन गरे।  पैसा नपाएपछि ऋणमा डुबेका किसानले माइतीघरमा आँशु नै झार्न पुगे।

 

 

 

 

वार्तामा बोलाइयो

यसैबीच सरकारले आन्दोलनरत किसानलाई वार्ताका लागि बोलाएको छ। उनीहरुको उद्योग मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद रेग्मीले आन्दोलनरत संघर्ष समितिलाई दिउँसो ३ बजे छलफलका लागि मन्त्रालयमा बोलाइएको जानकारी दिए। तर उखु किसान संघर्ष समितिका अध्यक्ष राम प्रसाद रायले मन्त्रालयमा डाकिएको छलफलमा आफुहरु सहभागि नहुने बताए।

उद्योग मन्त्री लेखराज भट्टसहित चिनी मिल सञ्चालकहरु माइतीघरमै आएर माग सम्बोधन गरिदिनुपर्ने आफुहरुको अडान रहेको अध्यक्ष रायले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

Back to top button