नेपालगन्जमा सालकको खपेटा सहित एकजना पक्राउ

नेपालगन्ज,२८ बाँके :- सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हे.क्वा.वागेश्वरी बाँकेको विशेष टोलिले चेक जाचको क्रममा सालकको खपेटा सहित एकजना लाई पक्राउ गरेको छ ।

बिहाना  करिब ७ बजे तिर सशस्त्र प्रहरी साहायक निरीक्षक गोबिन्द बिहारी सुक्लाको कमान्डको टोलीले भारत तिर लैजादै गएको अबस्थामा बार बर्दिया नगरपालिका वार्ड नम्बर ९ बनगाइ बस्ने बर्ष २४ का नहकुल थापा मगरलाई सशस्त्र प्रहरी बलले नेपालगन्ज भन्सार पार गर्ने क्रममा समातेको सशस्त्र प्रहरी ३० नम्बर गण नेपालगन्जले जनाएको छ ।

निजबाट १४०० ग्रामको सालक एकथान , मोबाईल सेट एक थान,निजले प्रयोग गरेको र नगरेका सिमकार्ड ३ थान का साथै २ थान जोला पनि बरामद गरेको छ ।
आवस्यक अनुसन्धानका लागि निजलाइ सशस्त्र प्रहरी गण नियामावली २०७२ को अनुसुची बमोजिम पक्राउ गरि जिल्ला बनकार्यालय नेपालगन्ज बाँकेलाई बुझाइएको सशस्त्र प्रहरी गण नेपालगन्जका हे.क्वा. गणपति सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले बताउनु भएको छ । पछिल्लो समय गणपति बमको कमान्डले भन्सार छली ,लागु औसत कारोबारी ,र बन तथा बनजन्य बस्तु हरुको चोरी निकासिलाइ कडाइ गरी  राजस्व वृद्धिमा उल्लेख्य सुधार  गरेको छ ।

सम्बन्धित खवर

Back to top button