गजल

-गोविन्द मल्ल ‘सुदिन‘

 

बर्षौ देखि माग्न बसेकै छु वर मन्दिरमा ।

जागेर आशा, विश्वास अनि भर मन्दिरमा ।

 

निशा नखुल्दै रस्मि नपुग्दै आँगनमा,

आज पनि उस्तै छ लस्कर मन्दिरमा ।

 

खै के पाउलान् र के देला भगवानले,

भिक्षा थाप्न पस्केकै छ पसर मन्दिरमा ।

 

प्रशन्न हुन् देवी पुरा होस् मनोरथ उस्को भनी,

भगवान ढोगें, चढाए भेटी, हर मन्दिरमा ।

 

इच्छाहरु त्याग्न सक्छ ‘सुदिन‘ भाग्य माग्न उस्को,

आफैंलाई बलि चढाउने छ रहर मन्दिरमा ।

सम्बन्धित खवर

Back to top button