सकिन्छ गरिब, धनी सकिन्छ

आँसुले कोर्दै छु तिम्रो पत्रको जवाफ
कलमले लेखौं भने मसी सकिन्छ

नियम हो सकिन्छ गरिब, धनी सकिन्छ ।
थाहा छैन् यत्ति हो कुन अघि सकिन्छ ।

आँसुले कोर्दै छु तिम्रो पत्रको जवाफ
कलमले लेखौं भने मसी सकिन्छ ।

मनका इच्छा दबाएर, बंगाला लगाएर
जतनले साँच्दासाँच्दै जिन्दगी सकिन्छ ।

यात्रा बाँकी नै थ्यो दैवले खोस्यो साथ
एउटा वियोगान्त कथा यसरी सकिन्छ ।

नेकी धनेन्द्र

जाजरकाेट

सम्बन्धित खवर

Back to top button