मालिकियत भएको मान्छे सुतिरहेछन्
गजल
आकाशलाई प्रवाह छैन क-कस्को चङ्गा उडिरहेछन् ।
सागरलाई कुनै मतलब छैन कस्का डुंगा डुबिरहेछन् ।
मान्छे हुन यो धर्तीमा र पेट भरिनु जरुरी छ,
अमिलोलाई प्रवाह छैन कस्को दांँत कुंडिरहेछन् ।
तिनका दरवारमा पो दिनरात रोशनी छाउंँछ,
उनका त हरेक साँझ उधारोमा सूर्य डुबिरहेछन् ।
घिस्रिएर, दबेर के हुन्छ सरकारी पजेरोका टायर,
उनिहरुको कुर्कुच्चा पो तुषारोले फुटिरहेछन् ।
बलिदान, त्याग, योग्यता वा मसिहा बनेर,
हेर कसरी एउटा भविष्यलाई चुसिरहेछन् ।
फुटिरहेछन, जुटिरहेछन- उफ्रिदैछन र कुदिरहेछन्,
यो माटोको मालिकियत भएको मान्छे सुतिरहेछन् ।।