गजल

-दीप दर्शन

म यहि सोचिरहेछु हरदम कसरी हुन्छ
यो मन भित्रको पिडा कम कसरी हुन्छ

एक छेउमा सिउँछु अर्को छेउ उध्रिन्छ
जिन्दगी सुखको रमझम कसरी हुन्छ

स्कुलमा पनि जादैन घरमा पनि पढ्दै
शिक्षकको छोरो सधैं प्रथम कसरी हुन्छ

मृत्युलाई पनि जित्ने जिन्दगी पाए जस्तो
यी मान्छेहरुमा यस्तो अहम कसरी हुन्छ

म लाल्टिन भित्रको “दीप“ हुँ जलिरहन्छु
तिमीलाई अँध्यारोको भ्रम कसरी हुन्छ

जाजरकोट

सम्बन्धित खवर

Back to top button