गजल

–दीपक नेपाली

 

म ताते ताते गरेर हिड्दा रमाउने मेरी आमा ।
एक्कासि लड्छ की भनी डराउने मेरी आमा ।

कति धेरै खुसि हुनुहुन्थ्यो म आगनीमा खेल्दा,
हाँस्दै रमाउदै न्यानो भोटो लगाउने मेरी आमा ।

चुलोको डिलमा बसेर हातले खरानी पोतेर,
औलाले ठूलो क लेख्न सिकाउने मेरी आमा ।

प्रत्येक साझ अबेर सम्म पनि निदाईन भने म,
काखमा सुताएर दरी गुन्गुनाउने मेरी आमा ।

पृथ्वीमा आफ्नो कार्य काल पूरा गरेर यसरी,
स्वर्गबाटै परमसत्य बाटो देखाउने मेरी आमा ।

                                                                      कुशे गा.पा २, जाजरकोट

सम्बन्धित खवर

Back to top button