एक्लो भेटिएकी नारी, मौका होइन जिम्मेवारी

जडिबुटीदेखि कोटेश्वरसम्मको जाम आजकल मलाई लगभग बानी परिसकेकोे छ ।यो मेरो मात्र नभइ सम्पूर्ण भक्तपुरबासीको साझा समस्या हो । कुनै दिन जाममा एक/डेढ घण्टामा फसिन भने मलाई तरकारीमा नुन नपुगेको झै खल्लो आभाष हुन्छ मतलव मलाई यो जाम वाध्यात्मक स्वादिलो लाग्न थालिसकेको छ ।मैले हरेक दिन घरबाट निस्किदा अफिसका लागि भन्दा पनि सो जामका लागि आवश्यकता भन्दा बढी नै समय छुट्याउनु पर्ने हुन्छ । मानौ कि भक्तपुरवासीसँग अन्य उपत्यकाबासी सँग भन्दा बढी समय छ ,उनीहरुको समयको कुनै मूल्य नै छैन । हर दिन म घरबाट बिहान आठ बजे नै जबरजस्ती खानाका वावजुद जडिबुटी जामको लागि तयार भएर जानु मेरो दैनिकी हो । घर,बाटोघाटो, साँझविहान अनि एकान्तमा नारी खै सुरक्षित ? यी समयमा एक्लो अवला नारी देखेमा उसलाई जिम्मेवारी होइन अवसरको रुपमा लिने दुषित मानसिकताबाट समाजको घेरा तोडिदैन जवसम्म, तवसम्म जतिसुककै लेखपढ गरेकी अनि हिम्मतवाली नारी भए तापनि ऊ समाजमा सधै निर्मला झै लुछिइरहन्छे गिद्धेहरुको नजरबाट अनि व्यवहारबाट ।

सायद केही समय अगाडि म त्रिपुृरेश्वर अफिस जानको लागि उही एक घण्टे जामको सामना गर्ने हेतुले घरबाट निस्किएको थिए । जाम अत्याधिक थियो मानौ कि भक्तपुरका मान्छे असाध्यै फुर्सदिला छन् आधा घण्टा जामका बावजुद पनि पटक्कै हामी चढेको बस अघि बढेन । गर्मी , धुँवा धूलो उफ् म अवाक थिए । सबैजना घडीमा आँखा तन्काउनमा व्यस्त थिए किनकी सबैसँग समय आफ्नो नियमित कामका लागि सकिसकेको थियो । भीडबाट एक अतालिएको , हतोत्साहित आक्रंोस मिसिएको एक आवाज सो सन्नाटा छाएको शान्त भीडबाट एक नारीको आएको थियो । उनी सायद कलेज पढने केटी रहिछिन उनी बर्बराउदै एउटा केटोलाई गाली गर्दै थिइन उनी भन्दै थिइन कि अति भो , तेरो घरमा आमा दिदीबहिनी छैनन् यसरी अर्काको शरीरका बेफिक्री हात कुदाउनलाई तलाई लाज लाग्दैन । ऊ बच्चा जस्तै रुन थाली । मैले सार्वजनिक यातयातमा त्यसरी ठूलो मान्छे रोएको सायद पहिलो पटक देखेको थिए । केटोले भीडको मौका छापेर दँुनियाको आँखामा छारो हालेर बेफिक्रीसँग कलेज जाँदै गरेकी केटीमाथि हात चलाएको रहेछ । म पनि एकदम आक्रोशित थिए । सायद केटोले सोचेको थियो होला कि यो कलेज पढ््ने एक सोझी अवला हो यस माथि मैले जति अत्याचार गरे पनि चुपचाप लागि सहिरहन्छे । यसले कराइ भने यसको आफ्नै बेइज्जत हुने डरले चुपचाप लाग्छे । तर त्यस्तो भएन ऊ चिच्याइ जोडजोडले तर उसको आवाज कसैले सुनेन , आवाज भीडमा नै बिलायो बरु उल्टै त्यो यौनपिपासु अत्याचारी पुरुष उल्टै केटीलाई कुकुरनी भन्दै भीडबाट बाहिरिन खोज्यो । म पनि के भयो बहिनी भन्दै बोले र केटोलाई कराए तर मेरो आवाज पनि कसैले सुनेन । हाम्रो आवाज भीडमा हरायो । सबैजना मौन दर्शक बनेर रमिता हेरिरहे  । केटो उल्टै केके भन्दै जडिबुटी नजिकै ओर्लिीयो ।ती पिडित वहिनीकोे आँखाको आँसु देखेर कसैको मन पग्लेन । न त मलाई नै कसैले सुन्यो । बसको एउटा सिटमा एउटा भाइले दया देखायो र आफु बसेकोे सिट छोडिदियो । ती बहिनी कोटेश्वर सम्म रोइन र त्यहाँ झरिन ।

म यता मनमनै सोचिरहे र धिक्कार गर्दै केटोलाई सहानुभूति दिए । आखिर त्यो केटो हेर्दा शिक्षित नै जस्तो देखिन्थ्यो तर उसको विकारयुक्त मनोदशा देखेर मैले ऊ माथि व्यक्त गर्ने सहानुभूतिको शब्द नै पाइन । आखिर ज्ञानविज्ञानले मात्र मान्छेमा परिवर्तन आउने होइन रहेछ उसमा परिवर्तन आउनका लागि ऊ भित्रकोे मनोविज्ञानमा पनि परिवर्तन पनि आउनु पर्ने रहेछ । नारीका शरीरका यौनाङगलाई मात्र नारीको सम्पूर्ण रुप देख्ने , ऊ भित्रमा संवेदना पीडा , आँसु नदेख्ने पुरुषको त्यो भद्धा नमूना देख्दा मनमनै दया लाग्यो ्मलाई त्यो बसबाट झरेको पूरुषदेखि । आखिर नेपाली समाजमा किन नारी सुरक्षित छैनन, किन साँझविहान निर्धक्क भएर एक्लै हिडन सक्दैनन नारी । स्वतन्त्रता भनेका्े ऊ घरबाट फुत्किएर कामकमजी बन्नु मात्रै होइन ऊ घरबाट बाहिरिदा सन्त्रास र भयरहित वातावरसँग साक्षात्कार गर्न सक्ने माहोल बनाइनु पनि हो । समाजसँग पटक्कै गुनासो छैन मेरो गुनासो छ त समाजमा दूषित मानसिकतालाई हुर्काउदै नारीलाई यौनका आँखाबाट मात्र देख्ने लोग्ने मान्छेका आँखाप्रति घृणा छ मलाई ।

के सबै नारी एक पुरुषको श्रीमती हुन सक्छे? अनि सबै पुरुष नारीको लोग्ने ? एउटा सुन्दर आँखाले हेर्नोस । नारी यौन तृप्ति मेटाउने साधन होइन ,ऊ यो सृष्टिको सूत्रपात गर्ने , निरन्तरता दिने तपाँइको घरको उज्यालो हो । एकान्तमा भेटिउकी नारी तपाइको मौका होइन तपाइको जिम्मेवारी त हो तर यहाँ त नारी भीडभाडमा नै सुरक्षित छैन । केहि समय अगाडि सरकारले ल्याएको सेफ्टी पिन व्यवहारमा खै लागु भएको ? यो त सिद्धान्तमा मात्र सीमित रहेको छ ।म आफै चकित छु, दिक्क छु यस कारण कि कार्यालय होस, सार्वजनिक यातयातमा होस या यत्रतत्र सर्बत्र नारीलाई किन प्यास मेटाउने पानीको रुपमा मात्र रुपान्तरित भएकी हुन्छे । केही समय अगाडि रिङरोड आसपासमा एक पुरुषले सार्वजनिका यातयातमा अगाडिको सिटमा बसेकी एक युवती माथि विर्य फालेर यौनहिंसा गरेको समाचारले खुब वजारमा मार्केट लिएको थियाो तर त्यो घटना अनुसन्धानको गर्भमै लुकेको छ ।म त भन्छु नारी सबैभन्दा असुरक्षित सार्वजनिक यातयातमा नै छ । उसलाई जोगाउनु हिंसाबाट जर्गेनामा सबैको यथाशीघ्र कध्यान जानु जरुरी छ ।

सम्बन्धित खवर

Back to top button