काठमाडौं : सरकारले असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । जिप दुर्घटनामा परि गाउँपालिका उपाध्यक्ष सहित ९ जना हालसम्म पनि वेपत्ता भएको दुःखद् घडिमा स्थानीय सरकारले विदा दिने भएको हो ।
हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको आकष्मिक बैठक बसेर असार १५ गतेका दिन शोक सभासहित गाउँपालिका भित्र रहेका सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिने जनाइएको छ । गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय तथा सरकारी कार्यालय १ दिनको लागि बन्द गर्ने निर्णय भएको हो ।
गाउँपालिका अध्यक्ष कर्ण बाहादुर रावलको अध्यक्षतामा बसेको बैठकले कर्णालीमा खसेर बेपत्ता सबैको मृत्यु भईसकेको भन्दै उक्त निर्णय गरेको जानकारी दिनुभयो । दुर्घटनाले गाउँपालिका शोकमा डुबेको छ । उक्त बैठकले खार्पुनाथ गाउँपालिकाले १३ दिन सम्म कुनै पनि औपचारीक कार्यक्रम नगर्ने र मृतक १० जनाकै परिवारलाई क्रिया खर्चवापत दश हजार रकम दिने घोषणा पनि गरेको छ ।