नेपाली चेलीलाई हार्दिक बधाई ! अमरिकन ‘प्रिन्सेस डायना’ अवार्डबाट सम्मानित

काठमाडाैं : नेपाली चेली कञ्चन अमात्यले अमेरिकामा ‘प्रिन्सेस डायना’ अवार्ड पाएकी छन्। अमेरिकमा रहेर राष्ट्रसंघमार्फत् महिलाको आर्थिक सशक्तिकरणको अभियानमा उल्लेख्य काम गरेको भन्दै उनले सो अवार्ड पाएकी हुन् । यस्तो अवार्ड पाउने उनी पहिलो नेपाली महिला हुन् ।१९९७ मा प्रिन्सेस डायनाको कार दुर्घटनाबाट फ्रान्समा निधनपछि नै बेलायती राजपरिवारले मानवीयता र सामाजिक क्षेत्रमा काम गर्ने युवालाई उक्त अवार्ड डायनाको जन्मदिनमा दिँदै आएको छ।

डायनाको सम्झनास्वरुप उक्त अवार्डको आरम्भ गरिएको थियो । राजपरिवारवाट २० वर्षदेखि उपलब्ध गराईदै आएको सो अवार्ड अमात्यले पाएकी हुन् । डायनाका दुई छोरा प्रिन्स विलियम र प्रिन्स ह्यारीले उक्त अवार्ड डायनाले बाल्यकाल बिताएको घरमा उपलब्ध गराउँदै आएका छन्। पाटनकी कञ्चन अहिले अमेरिकामा अध्ययनरत छन्। उनी राष्ट्रसंघमा युवा र महिलाका लागि सक्रिय छन्।

उनले यसअघि पनि अमेरिकामा विभिन्न अवार्ड पाएकी थिइन्। उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसबाटसमेत जिम्मेवार पाएकी थिइन्। काठमाडौँ सेन्ट मेरिजको पढाई सकेर उनी नर्वे हुँदै अमेरिका पुगेकी हुन्।

सम्बन्धित खवर

Back to top button