स्वर्गीय वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए । वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो ।
स्वर्गिय राजा रानीको विवाहको दुर्लभ तस्विर ।विवाह फाल्गुण १६ २०२६ सालमा ऐश्वर्य शाहका साथ भएको थियो । स्व. राजा बिरेन्द्र शाहको बिबाहको भिडियो यहाँ हेर्न सक्नु हुनेछ केहि दुर्लभ दृश्य र आम नेपालीका निकै लोकप्रिय राजाको विवाह यसरी भएको थियो ।
टाइम म्याग्जिनका अनुसार यो बिवाह शताव्दकै महङ्गो विवाह हो । विवाहमा लगभग १० मिलियन अमेरिकी डलर खर्च भएको अनुमान टाइम म्यागजिनले गरेको छ ।
सम्झनामा त्यो स्वर्णिम दिन, कुनै दिन स्व. राजा बिरेन्द्रले यसरी धुमधामका साथ हात्तीको बग्गीमा स्व.रानी लाई राखेर भित्र्याएका थिए ।
बि.सं. २०५८ जेठ १९ गते स्व. राजा विरेन्द्रको वंशनाश हुनेगरी दरवार ह*त्याकाण्ड भयो । जो अहिलेसम्म पनि रहस्यकै गर्भमा लुकेको छ । वाह्य तत्वले घटना घटाएको कुरा बेलाबेला विदेशी संचारमाध्यमले सार्वजनिक गरिरहेका छान् ।
तर, घटना कसले घटायो भन्ने प्रश्नको उत्तर अहिलेसम्म पनि भेटिदैन । विदेशीको इशारामा अन्तिम राजा ज्ञानेन्द्रले नै घटना घटाएको भन्ने समाचार पनि नआएका होईनन् । त्यसकारणले नै जनताले गलत्याएर उनलाई नारायणहिटी राजदरबारबाट नागर्जुनतिर लखेटे ।
कुरा उनको हातको र वशको पनि थिएन । घटनाको डिजाइन बनाउन भारत, अमेरिका रुस लगायतका देश सक्रिय रहेको विभिन्न अनुसन्धानले प्रष्ट पारेका छन् । तर, महाशक्ति राष्ट्रको अगाडि निरीह भएर नेपाल सरकार गम खाएर बसेको विज्ञहरु बताउँछन् ।
स्व.राजा विरेन्द्रको वंश नास मात्रै होइन । स्व. मदन भण्डारीलाई समेत ह*त्या गर्ने एउटै गिरोह रहेको विभिन्न अनुसन्धानले देखाएको पाइन्छ । तर स्व. राजा दिपेन्द्रको थाप्लोमा दरवारह*त्याकाण्ड थोपरेर असली अपराधी अहिले पनि खुलेआम हिड्ने वातावरण सिर्जाना गरेको आम नेपाली जनताले थाहा पाइसकेका छन् ।
नेपालका अन्तिम राजा ज्ञानेन्द्र दोष मुक्त व्यक्ति त होइनन् तर उनले सबै घटना घटाएका पनि होइनन् , उनी विदेशीको इशारामा ‘एस म्यान’ को भूमिकामा रहेको पाइन्छ । उनले चाहेमा विरेन्द्र वंशनाशको नालीवेलीलाई बेलीविस्तार गर्न सक्छन् ।
हेर्नुहोस दुर्लभ भिडियो