लाेकसेवालाई प्रहार गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले लेखे लातकाे भूत बातले मान्दैन भएकै हाे त?
काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले लोकसेवा आयोगको विज्ञापनले विद्रोहको बीउ रोपेको टिप्पणी गरेका छन्। शुक्रबार एक ट्वीट गर्दै भट्टराईले लोकसेवाको विज्ञापनले समावेशीताको सिद्धान्तलाई लत्याएको तर्क गरेका हुन्। संविधानले स्वीकारेको समावेशीतालाई लोकसेवा आयोगको विज्ञापनले मिचेको उनको बुझाइ छ।
उनका अनुसार समावेशीताको कुनै जाति/समुदायको मात्र मुद्दा नभएर विश्वव्यापी लोकतन्त्रको विकसित मान्यता हो। समावेशीताको प्रश्न कुनै जाति/समुदायको मात्र मुद्दा नभएर विश्वव्यापी लोकतन्त्रको विकसित मान्यता र नेपालको संविधानले स्वीकारेको विषय हो! ट्वीटमा भट्टराईले लेखेका छन्।
विभिन्न बहानामा नौहजार कर्मचारी भर्नामा समावेशीतालाई मिचिएको कारण देशमा विद्रोह जन्मने सक्ने उनको चेतावनी छ। विभिन्न बहानामा लोकसेवा आयोग मार्फत नौ हजार कर्मचारी भर्नामा जसरी समावेशीतालाई मिचिदैछ यसले देशमा अर्को विद्रोहको बिउ रोप्दैछ ! लातको भूत बातले मान्दैन भनेकै हो त?
चेतावनी दिँदै उनले लेखेका छन्। समावेसिताको प्रश्न कुनै जाति/समुदायको मात्र मुद्दा नभएर विश्वव्यापी लोकतन्त्रको विकसित मान्यता र नेपालको संविधानले स्वीकारेको विषय हो!विभिन्न वाहनामा लोसेआ मार्फत नौहजार कर्मचारी भर्नामा जसरी यसलाई मिचिदैछ यसले देशमा अर्को विद्रोहको वीउ रोप्दैछ!लातको भूत वातले मान्दैन भनेकै हो त?
यस्ताे छ उनकाे ट्वीट
समावेसिताको प्रश्न कुनै जाति/समुदायको मात्र मुद्दा नभएर विश्वव्यापी लोकतन्त्रको विकसित मान्यता र नेपालको संविधानले स्वीकारेको विषय हो!विभिन्न वाहनामा लोसेआ मार्फत नौहजार कर्मचारी भर्नामा जसरी यसलाई मिचिदैछ यसले देशमा अर्को विद्रोहको वीउ रोप्दैछ!लातको भूत वातले मान्दैन भनेकै हो त? pic.twitter.com/nV7e6NlBGS
— Baburam Bhattarai (@brb1954) July 19, 2019