बिदेश गएका व्यक्तिकाे श्रीमती भगाउनेलाई ५ लाख रूपैयाँ जरिवाना
काठमाडाैं : पाँचथरको प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । नयाँ पत्रिका दैनिक लेख्छ -वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाए ।
अर्काकी श्रीमती भगाएर लिनेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । याे नियम बनाएपछि विदेशिएका श्रीमान श्रीमती बीचकाे दरार कम हुने आँकलन गरिएकाे छ । सो रकम पीडित श्रीमानका लागि राहत हुने स्थानीयको भनाई छ ।
यद्यपी, पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।