रवि लामिछानेलाई हिरासतमा राखेपछि प्रेम बानियाले लेखे यस्तो स्ट्याटस

काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्माह’त्या प्रकरणमा रवि लामिछाने गिरफ्तार परेपछि प्रेम बानियाले लेखे यस्तो स्ट्याटस:

रबिजी Rabi Lamichhane प्र’करणमा प्रचलित कानुनको सम्मान गर्दै …
नम्बर १, आत्मह’त्या गरेको मान्छेको पकेटभित्रको मोबाइलमा रहेको भिडियो ‘इडिटेड भर्सन’मा सार्वजनिक गर्ने कुन प्रहरी अधिकारी हो ? उसलाई कार’बाही हुनुपर्छ कि पर्दैन ? यो त अनुसन्धानको विषय थियो र प्रहरी अधिकारीबाहेक अरु कसैले यो सार्वजनिक गर्नै सक्दैन/मिल्दैन ! यदि अ’पराध पुष्टि भयो भने मात्रै प्रहरीले यसलाई सार्वजनिक गर्न पाउने अन्तर्राष्ट्रिय प्रचलन किन भुलियो ? कुल २३ मिनेटको भनिएकाे भिडियोमा खोई बाँकी भिडियो ? अरु पनि त आरो’पित हुनसक्छन् ?

नम्बर २, भोलि, कोही कसैले कथम्कदाचित, प्रधानमन्त्री ओली, प्रचण्ड वा देउवाका नाममा तिम्रा कारण मैले आत्मह’त्या गरेको हूँ भनेर पा’सो लगायो भने उहाँहरु जे’ल जानुपर्छ कि पर्दैन ?

नम्बर ३, जनहितसम्वन्धि कार्यक्रम प्रशारणको अन्तिम तयारीमा रहेकावेला एउटा पत्रकारलाई कार्यक्रम नै प्रस्तुत गर्न नदिई न्यूजरूमबाट केवल डेढ घण्टाअगाडि टेलिभिजन स्टेशनमै गएर प’क्राउ गर्दा के त्यो न्यायिक हुन्छ ? जबकि उसले सार्वजनिकरुपमा भनिसकेको छ ‘यदि म दो’षि ठहरिए कानुनबमोजिम कार’बाही भोग्न तयार छु ।’ भोलि फेरि कसैलाई यस्तै पर्यो भने … ???

नम्बर ४, नेपाली पत्रकारितामा यो ‘ग्या’ङ्फाइट’को इतिहासले नेपाली समाजलाई अति-तल गिराएको छ, यसमा हाबि अति’वाद् रबिजी बि’रोधी र समर्थकले समाजको रंग कु’रुप देखिएको छ ! अब एउटा बिन्दूमा हामी सबै मिलौं । पत्रकारिता अब सूत्रभन्दा माथि आयो कृपया, सबैले बुझौं ।
यी चार सवालहरुका साथ हामी संसारभरबाट बोल्न तयार छौं । के यी प्रश्नहरु गलत छन् ? अब दुनियाँ साँघुरो भइसक्यो । हामी न्यायका निम्ति जहाँसुकैबाट बोल्न तयार छौं । कृपया रबिजीलाई ‘अतिदेवत्वकरण र अति राक्षसिकरण नगरौं’ संयमतापूर्वक सम्मानित अदालतको निर्णयको प्रतीक्षा गरौं ।

निकिता पौडेल पनि लेखिन रवि लामिछानेको तर्फबाट यस्तो स्ट्याटस:

पत्रकार शालिकराम पुडासैनी आत्मह’त्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रबि लामिछाकी श्रीमती निकिता पौडेलले शुक्रबार बिहानै आफनो फेसबुकमा रबि लामिछाने तर्फबाट भन्दै स्टाटस राखेकी छिन् । उनले लेखेकी छन, ’आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आ’रोप प्रमाणित होस र हदै सम्मको सजाय होस ।यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु : रबि लामिछाने । ’निकिताले रबिको श्रीमति हुन पाएकोमा गर्व लागेको पनि लेखेकी छिन् ।


त्यस्तै रबि लामिछानेको दाई पत्रकार हरिशरण लामिछानेले पनि आफ्नो फेसबुकमा ’बि स्ट्रोङ रबि’ भन्दै स्टाटस राखेका छन् । उनी लेख्छन, ’सत्य यहि हो भन्न त गाह्रो छ तर सत्यको नजिक सम्म भने अवश्य पुग्न सकिन्छ । त्यसैले त, सत्यको जित नभए पनि आखिरमा सत्य मर्दैन भन्छन् । सत्यतथ्य सबिस्तार छानबिन होस् । धैर्य गरौं, आशा गरौंं !! पत्रकार सालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणमा प्रहरीले रवि सहित अन्य दुइलाई बिहिबार प’क्राउ गरेको छ ।

सम्बन्धित खवर

Back to top button