कोहलपुरलका युवाहरुको उदारहणीय काम
काेहलपुर, ३२ साउन : चेतनशील युवा अभियान नेपाल, कोहलपुरले भव्य सरसफाई अभियानको शुरुवात गरेको छ । कोहलपुर चौराहबाट शुरु गरिएको उक्त अभियानले समग्र बजार परिक्रमा गरि बृहत सरसफाई कार्यक्रम गरेको हो ।
यस अभियानले काेहपुर बजार क्षेत्रमाभित्र यत्रतत्र, जथाभावी फ्याँकिएकाे फाेहरमैला व्यवस्थापन गरि सरसफाई अभियानकाे सुरूवात गरेकाे यसै अभियानका सदस्य नवराज उपाध्यायले बताएका छन् । जीवनका लागि स्वच्छ वातावरणकाे खाँचाे रहेकाेले विशुद्ध समाजसेवा प्रति समर्पित हुँदै आफूहरूले सरसफाई अभियान संचालन गरेकाे अभियानकी संयोजक दिक्षा बि.सी.ले जानकारी दिइन् ।
पछिल्लो समयमा कोहलपुरमा समाज सेवामा काम गर्ने युवाहरुको जमात बढिरहेकाे पाइन्छ । यसैक्रममा चेतनशिल युवा अभियानको सरसफाई अभियानले थप नयाँ कदमको शुरुवात गरेको अभियानका सदस्य किशोर शाही बताउँछन् ।
सत्कार प्रतिनिधि यमु कंडेलका अनुसार समाजसेवा प्रति समर्पित हुँदै नवराज उपाध्याय ,गणेश बिष्ट, बिरेन्द्र सुवेदी, सुमन गिरी, दिनेश केसी लगायत बिभिन्न क्षेत्रका युवाहरुको सक्रियतामा आजकाे सरसफाई अभियान सफल पारिएकाे हाे ।
युवाहरुको समाज प्रतिको जिम्मेवारी र चासो ओझेल परिरहेका बेला यसप्रकारको शुरुवातले अन्य तमाम युवाहरुलाई पनि प्रेरणा मिल्ने स्थानीय बुढापाकाहरू बताउँछन् । स्थानीय वुद्धिजीवीहरूले भन्छन् ‘यत्रतत्र छाडा छोडिएका चौपायाहरुको यथा शिघ्र व्यवस्थापनमा पनि युवाहरु जुटे कोहलपुर सहरमा थप साैन्दर्यता थपिनेछ ।’ उनीहरूका अनुसार स्थानीय निकायले पनि भरपुर साथ, समर्थन र सहयाेग गरेमा छिट्टै काेहलपुरलाई नमुना सहरमा परिणत गर्न सकिनेछ ।