क्यानडाको एनआरएनए अध्यक्षमा चिरञ्जिवी घिमिरे

काठमाडाैं : क्यानडाको टोरन्टोमा शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं साधारण–सभाबाट चिरञ्जिवी घिमिरे अध्यक्ष चयन भएका छन् । साधारण सभाले चिरञ्जिवी घिमिरेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती चयन गरेकाे हाे । कार्यक्रममा अमेरिकाका नेपालीहरूसमेत सहभागी हुन पुगेका थिए ।

उपाध्यक्ष ३ जना बनाइएका छन् भने सन्तोष बरालसहित चार जना मनोनित एनसीसी सदस्यमा परेका छन्। एनसिसीमा १७ जना हुने गरेकोमा ८ जनाका लागि निर्वाचन, र ५ निर्विरोध भएका थिए।

क्यानडाका लागि नेपालका राजदूत भृगु ढुङानाले मन्तव्य दिँदै मुलुकमा अब आर्थिक विकास गर्न आवश्यक भएको बताए । कार्यक्रममा नेपाली संस्कृति झल्काउने कलाहरू पनि प्रस्तुत गरिएका थिए।

‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ अक्टोबर ११ मा एनआरएनको स्थापना भएको हो। यसका विभिन्न ७८ देशमा शाखा छन्। एनआरएनए क्यानडाको स्थापना सन् २००७ मा भएको हो। क्यानडामा ४०–५० हजार नेपाली–मूलका नागरिक बसोबास गर्ने अनुमान छ।

सम्बन्धित खवर

Back to top button