काठमाडाैं : टुटुल्को डट कमले शनिबार अमेरिकाको न्युयोर्कमा टुटुल्को गाईजात्रा महोत्सव अमेरिका–२०१९ आयोजना गरेको छ। १००–०१ नर्दर्न बुलेभार्ड कोरोना न्युयोर्कमा क्विन्स पब्लिक लाइब्रेरीमा गाईजात्रा महाेत्सव अमेरिका–२०१९ धुमधामका साथ मनाइएकाे हाे ।
नेपालबाहिर रहेर नेपाली राजनीतिक दलका पह’रेदार ठान्ने, समाजमा फु’ट र अरा’जक समुह, अनि गु’टमा रमाउने स्वघोषितहरूप्रति जोडदार व्यङ्ग्य गरिएको थियो ।
ज्योतिकुमार श्रेष्ठको गाइजात्रे समाचार, सच्ची मैनालीको प्रहसन तथा व्यङ्ग्य–कविता, गाईजात्राका दिन भक्तपुरमा गरिने घिम्ता घिसिङ्ग नृत्य, नदिया र संगिताको प्रहसन तथा लघुनाटक आदि रहे।
उद्घोषण शैलेश श्रेष्ठले गरेका थिए। कार्यक्रमलाई विभिन्न व्यक्ति, व्यापारिक संस्था, सामाजिक संस्था आदिले सहयोग गरेका थिए।