पाेर्चुगलकाे गैरआवासीय नेपाली संघ (एनआरएनए) काे अध्यक्षमा तिलक गैरेकाे उम्मेदवारी


-मिना कंडेल
नवलपुर, १ भदाै : अगष्ट २५ मा सम्पन्न हुने पाेर्चुगलकाे गैरआवासीय नेपाली संघ (एनआरएनए) काे अध्यक्ष पदकाे लागि तिलक गैरेले आफ्नाे उम्मेदवारी दर्ता गरेका छन् । “एकता, सद्धभाव र सहकार्यका लागि उम्मेदवारी” नाराका साथ अध्यक्ष पदका लागि नवलपरासी (सुस्ता पूर्व) गैडाकोट नगरपालिका वडा नं १० का गैरेले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।



उनले गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सातौं अधिवेशन लागि उम्मेदवारी दिएका हुन् ।
गैरेले लामो समयदेखि विभिन्न सामाजिक क्षेत्रमा आवद्ध रहँदै सामाजिक सेवाबाट आफुले आर्जन गरेको अनुभको आधारमा अध्यक्ष पदका लागि उम्मेद्धारी दर्ता गरेको बताएका छन् । साथै, उनले सवै क्षेत्र, वर्ग, जातजातिलाई एकताको सुत्रमा वाँधेर सवैलाई समान व्यवहारमा अगाडि बढाउने उद्धेश्य राखेको समेत बताएका छन् ।
पोर्चुगलमा रहेर गैरआवासीय नेपाली समाजका लागि निरन्तर सक्रिय रहेका उनी पोर्चुगलमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व गर्नुका साथै सामाजिक कार्यमा लागिरहेका छन् । सामाजिक कार्यमा अग्रसर गैरे पोर्चुगलको निर्वतामान वरिष्ठ उपाध्यक्ष समेत हुन् ।
श्रमिकका समस्या समाधानका लागि पहल गर्ने र बिगतका दिनमा काम गर्दा ब्यक्तिगत रूपमा नभई संस्थागत रुपमा बसेर काम गर्न सहजीकरण हुने विश्वासका साथ आफूले अध्यक्षको पदमा उम्मेद्धारी दिएको उनको भनाई रहेको छ ।
गैरआवाशीय नेपाली संघ एनआरएनए पोर्चुगल २०१९-२०२१ को कार्यसमिति चयनका लागि हुने निर्वाचनमा, अध्यक्ष पदका प्रत्यासी ईश्वर रिजालले पनि उम्मेद्धारी दिएका छन् ।