क्रान्ति नेपालको तत्कालिन प्रश्न हो की दिर्घकालिन ?

-ललित पहाडी

नेपाली समाज संक्रमणको अन्तिम चरणमा छ । साहेत यो संक्रमण राजनीतिक परिवर्तन र संयुक्त क्रान्तिका लागि हुनसक्छ । यसैको पूर्व सन्ध्यामा हामीले परिबर्तन र क्रान्तिको कुरा गरिरहेका छौं क्रान्ति नेपालको तत्कालिन प्रश्न हो की दिर्घकालिन दाउपेजका लागि होकी परिवर्तन ? छलकपट र लुकामारी हो की सत्यको विजक ? जनताले उक्त प्रश्नहरुमा सिधा जवाफको अपेक्षा संगै निम्न चुनैतिहरुको गरिरहेका छन् ।

जनता सबै उस्तै हुन भन्ने भानमा परेका छन्

आज दुश्साहासवादी गद्धार मार्कसवादी (कम्युनिष्ट) हरु र पुरातन, सामान्ति र लुटतन्त्रे निर्दयी दक्षिणपन्थि प्रजातन्त्रवादीहरुले निरन्तर क्रान्तिकारी जनता, इमान्दार नेता तथा कार्यकर्तासम्मलाई सुखिया र दुःखियामा विभाजन गराइरहेका छन् । आफ्नो इच्छा पुरानभएसम्म सिद्धान्तका ढ्वाङ फुक्नेः वितन्डा मच्चाउने यु.द्धसरदारहरुले जनताका छोरा छोरीहरुलाई नोकर, गु.ण्डा र साधनको रुपमा विकास गरिरहेका छन् । यसले नया“ र क्रान्तिकारी विचारको सत्यतालाई पनि प्रभाव पारेको छ । जनता सबै उस्तै हुन भन्ने भानमा परेका छन् ।

प्रभावमा जनता बाधिएका छन्  

प्रतिक्रियावादी मुखियाहरुको हालि मुहालीबाट अझै पनि समाजले मुक्तिपाउन सकेको छैन । दवाव, अभाव र प्रभावको जन्जिरबाट जनता बा“धिएका छन् । भाषण र दस्तावेजमा नया“ जनवादका कुरा गर्ने व्याभारमा व्यक्तिवादको चापलुसी र संसदीय गोलचक्रमा फस्नेहरुले समयफेरिएको नाउमा प्रतिगमनको नया“ स्वादमा रमाउने एवं चुनाव, बहुमत तथा सत्तासञ्चालनको दाउ हानेर स्वार्थ पुरा गरेका मात्र छैनन भोका नाङगाहरुको क्रान्तिलाई सुदुर भविष्यको कहिले सम्पन्न नहुने युरोपियन यात्रामा सिमित पारेका छन् । विस्तारवादी साम्राज्यवादी स्वार्थको थैले पुरा गर्ने फालिएका कनिका चोर्नेहरुले देशलाई खोक्रो बनाएका छन् । भने आफु र आफ्नो पार्टीको विकास नै देशको विकास ठान्ने जब्बर सामन्तीहरुले जनताको भावनामा लात हानेर जनतालाई अन्धो बनाएका छन् ।

अन्र्तराष्ट्रिय पुंजीवाद र विज्ञान प्रविधिको प्रवेशले पारेको प्रभाव ,

विश्वको विकासले अन्तिम चरन पार गर्ने बेला सम्म पनि बामे सर्नु र अर्ध सामन्ती र उपनिवेशिक अवस्थाबाट अगाडी बढ्न नसक्नुले नेपाली जनताको भविष्य खतरापुर्ण अवस्थामा छ । अहिलेसम्मको त्याग, तपस्या र आन्दोलनले सत्ता सरकार र दल फेर्ने बाहेक अन्य केही उपलब्धी गरिको छैन । हालसम्म पनि नेपाल माथि अनेकौं असमान र अपमानकारी सन्धि सम्झौताहमरु लादिएकै छन् । विश्व बैंक अन्र्तराष्ट्रिय मुद्धा कोष  र एसियाली विकास बैंक  बहुराष्ट्रिय कम्पनि लगायत को मनपरि र जर्वजस्तीले देशमा निजिकरण र विश्वव्यापीकरण लाद्ने काम गरिरहेकैे छ । अन्र्तराष्ट्रिय पुंजीवाद र विज्ञान प्रविधिको प्रवेशले मुलुकको सामाजिक सम्बन्ध र व्यक्तिगत जिवनमा पनि परिवर्तन ल्याईरहेको छ ।

नेपालमा काएम भएको प“ुुजीवादले सामान्त, सम्राज्य र विस्तारवादका हरक्षेत्रमा सम्झौता गर्ने, भ्रष्टचारी, कालोबजारी, महंगी, अन्यौल र अस्थिरतालाई बढ्वा गर्ने एवम जनताको परिवर्तनको चाहानामा पुर्णरुपमा घात गर्ने गरेको छ ।
यस्तो परिस्थितिमा हामीले सचेत र साहासका साथ नया“ कार्यको थालनी गर्नु पर्दछ ।

अबका श्रमिक, किसान, मजदुर, कर्मचारी उत्पीडित तथा आम आग्रगामी जनताको कार्यभार

यर्थातताको सत्य पहिचान गर्दै विचार, राजनीति संगठन र संघर्षको ज्वारभाटाबाट सत्ताको भागबन्डा गर्ने अभिजात शासकहरुलाई साफ गर्दै राज्यको आमुल परिवर्तन गर्नुपर्छ अबका श्रमिक, किसान, मजदुर, कर्मचारी उत्पीडित तथा आम आग्रगामी जनताले । कुसलता पुर्वक समाजवादी आन्दोलनको अगुवाई गर्नुपर्छ अबका क्रान्तिकारीहरुले । यसको नेतृत्व ग्कभ ७ त्जचयध भएकाहरुबाट सम्भव नै छैन । वर्गचेतनाले भरिएको क्रान्तिकारी पार्टीले गर्न सक्दछ । जसको अगुवाई नौजवानहरुले गर्न सक्दछन । प“ुजीवाद र साम्यवाद विचको संघर्षबाट होइन समानता र साझा वहसबाट अवको रुपान्तरण चलाउनुपर्छ आफ्नो लक्ष्य र उद्देश्य प्राप्तीका लागि निर्देशन बमोजिम चल्नुपर्छ । जन आकांक्षा बमोजिम सुसंगठित, अनुशासित, पृथक र क्रान्तिकारी दास्ताको रुपमा राजनितिक पार्टीहरुलाई जनतामा लैजानुपर्छ ।
यसर्थ यस्तो परिस्थितिमा राज्यले सचेत र साहासका साथ नया“ कार्यको थालनी गर्नु पर्दछ । जनताको दवावद्धारा राज्यका सम्पूर्ण समस्या समाधान गर्न पहलगर्नु पर्दछ त्यसका लागि तत्कालीन रुपमा निम्न कार्यक्रम र कार्यनिती अगाडी बढाउनुपर्ने देखिन्छ ।

राज्यले संबैधानिक व्यबस्था सहित तत्कालीन रुपमा अघि बढाउनुपर्ने कार्यनिती

यस्तो परिस्थितिमा हामीले सचेत र साहासका साथ नया“ कार्यको थालनी गर्नु पर्दछ । जनताको दवावद्धारा राज्यका सम्पूर्ण समस्या समाधान गर्न पहलगर्नु पर्दछ त्यसका लागि तत्कालीन रुपमा पार्टीले निम्न कार्यक्रम र कार्यनिती अगाडी बढाएको छ ।

प्रशासनिक –आर्थिक सामनता र भौगोलिक सम्पन्नताका लागि ५ विकास क्षेत्रलाई संघिय प्राप्त १४ अञ्चल उपप्रान्त बनाउनु पर्ने ।
असमान सन्धि सम्झौताको पुर्ण खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख, प“ुजिपति न्यायप्रणालीको खारेजी
जनआदालतको गठन । ग) श्रमकैद तथा मृत्युदण्डको व्यवस्था पुर्ण समावेसी र समानुपातिक निर्वाचन प्रणाली

शैक्षिक –कक्षा देखि पुर्ण व्यावसायीक शिक्षा निजि विद्यालयहरुको सरकारीकरण ।
ओपन विश्व ९ऋत्भ्ख्त् ) विद्यालयको स्थापना क्षमता अनुभव र दक्षताको आधारमा प्रमाणपत्र उपलब्ध ।

सांस्कृतिक –कथित ४ थान ३६ वर्षको खारेजी अवच्छिक जातिय अधिकारको व्यवस्था ।
धार्मिक स्वतन्त्रता सहितको राष्ट्रिय धर्म हिन्दु ।

औद्योगिक –स्वदेशीवस्तुको औद्योगिक र बजारीकरण । ख) राष्ट्रिय उद्योगहरुको सामुहिकरण । ग) नेपाल भारत सिमा बन्द ग्रेटवाल निर्माण ।

कृषि – १. राष्ट्रिय उत्पादन क्षेत्रको निर्माण उत्पादन, वितरण र खपत सहकारी माध्यमबाट  २. ८० प्र्रतिशत कृषि अनुदान कृषि श्रमिकको उच्च सम्मान । ३. ५ देखि ५० वर्ष सम्मका सम्पूर्ण नागरिकहरुको सरकारीकरण, गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार सरकारबाट । ४. प्रत्येक व्यक्तिलाई ४५ वर्ष पछि देखि ब्यतिmगतरुपमा बा“च्न पुग्ने सम्पति सहितको स्वतन्त्रता । ५. आर्थिक ,संस्कृति ,शैक्षिक ,औद्योगिक र कृषि कृषि क्रान्तिको संयुक्त मोर्चा निर्माण

सम्बन्धित खवर

Back to top button