जब कश्मीरकाे घाउ बल्झियाेः काठमाडौंसम्म छटपटी
काठमाडौं : राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि क र्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सै निक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरू थु निएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् ।
सञ्चार सेवा पूर्ण रूपमा बन्द छ । लामो समयदेखि द्व न्द्वको च पेटामा परेको कश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरू यतिबेला आफ्नो थातथलो र आफन्तको चि न्तामा पि रोलिएका छन् ।
काठमाडौंका विभिन्न गल्लीमा कश्मिरीहरू छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथलो गएकाहरूको खबर नपाउँदा यहाँ रहेकाहरूबीच चि न्ता छ । नयाँबजारमा छालाको व्यापार गर्दै आएका कश्मीरका ६० वर्षीय अब्दुलअमिद खान सोमबार श्रीमती अमिना बानु र छोरा कैउमसहित ईद मनाउन घर गएका थिए ।
संयोगवश त्यही दिन ७० वर्ष अघिदेखि विशेषाधिकार प्राप्त राज्य कश्मीरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले खा रेज गरिदिएको थियो । अहिले उनीहरूको अत्तोपत्तो छैन । खान परिवार कश्मीरमा असुरक्षित महसुस भएर ३० वर्षदेखि नेपालमा बस्दै आएका थिए ।
खानका साथी ३५ वर्षीय परवेज अहेमद भन्छन्, ‘परिवारसँग सम्पर्कविहीन भएको ५ दिन बित्यो । वर्ष दिनको चाडको रमाइलो गर्ने बेलामा परिवारको चिन्ताले नराम्रोसँग सताएको छ ।’ उनका अनुसार कश्मीरमा अहिले बिहान बेलुका चिसो र दिउँसो चर्को गर्मी छ । यो मौसम वृद्धावृद्ध र बालबालिका बढी बि रामी पर्ने समय हो । ‘यस्तो समयमा खानेपानीसमेत वञ्चित गरिएको खबर छ,’ उनले भने, ‘अहिले दुःख परेका बेला बोल्ने कोही छैन ।’
उनका अनुसार दुई वर्षअघि क्यान्सरको अप्रे सन गराएका आफन्त कश्मीरका ५६ वर्षीय मिश्र बानुको बेलाबेलामा उ पचार गराइराख्नुपर्छ । ‘प्रायः स्वास्थ्य ख राब भइरहने उनी अहिले कुन अवस्थामा होलान् । नियमित उ पचार गराउनुपर्ने गाउँका दम, मृगौला, प्रेसर, मुटुका बि रामीको अवस्था सम्झेर चिन्ताले सताएको छ,’ उनी भन्छन्, ‘अस्पताल खुल्ला भएर के गर्ने, पुग्नै सकिँदैन । ८० लाख जनसंख्या भएको ठाउँमा १० लाख सै निक खटाएका छन् । एउटा परिवारलाई एकजना आर्मी तै थान छन् । बाहिर निस्कनु त कता हो कता झ्यालबाट समेत हेरेको देखेमा सिधै गो ली हान्छ ।’
हस्तकला व्यापार अहमदको यो पुर्ख्यौली पेसा हो । कश्मीरमा नियमित द्व न्द्वका कारणले उनीहरूको व्यापार व्यवसायमा न राम्रोसँगह्रास आयो । परिवार पाल्न धौधौ भयो । अधिकांश आमाबाबुले छोराछोरीलाई विदेश जान सल्लाह दिँदैनन् । तर, उनलाई भने नेपाल जान बाध्य बनाए । उनले ठमेलमा बसेर व्यवसाय गरेको २० वर्ष बितिसकेको बताए ।
आमाबुवा, श्रीमती, छोराछोरी घरमै छन् । ठमेलका हस्तकला व्यापारी ४५ वर्षीय रफिक अहमद पनि इद मनाउन घर फर्केका थिए । उनका श्रीमती र छोराछोरी कश्मीरमै छन् । अहिले उनी पनि यहाँका आफन्तसँग सम्पर्कविहीन छन् । परिवारलाई भेट्न गएका ५० वर्षीय केशर अहमद र उनकी श्रीमती पनि कहाँ कुन अवस्थामा छन् कसैलाई थाहा छैन । रफिक र केशर १५ वर्षदेखि नेपालमा थिए ।
३९ वर्षीय नासिर अहमदको पनि पुर्ख्यौली पेसा हस्तकलाको व्यापार हो । निरन्तर व्यापार खस्केपछि उनी पनि परिवार पाल्न नेपाल आएका हुन् । उनी अहिले घरमा फोन लाग्छ कि भनेर दैनिक ४/५ पटक प्रयास गर्छन् । आमाबुबा र दाजुभाउजू उतै छन् । ‘कश्मीरमा अमनचयन छैन । २०१४ मा आएको बाढी बस्तीमा पस्दा त्यति चिन्ताले सताएको थिएन । अहिले त्यति सताएको छ,’ उनले भने, ‘मनमा गुनासो धेरै छन् । तर, यहाँ पोख्न मिल्दैन ।’
नेपालमा विभिन्न पेसाव्यवसाय गर्दै बस्दै आएका कश्मिरी करिब सय परिवार छन् । धेरैजना राजनीतिक मुद्दा भन्दै बोल्न चाहँदैनन् । घरपरिवार र थातथलोको चिन्ता अनुहारमा प्रस्ट छ । विदेश नीति विश्लेषक टीका ढकाल भन्छन्, ‘कश्मीरमा सधैं अस्थिर रह्यो । त्यसैले कश्मिरीको नेपाल आउने क्रम पुरानै हो ।’
सात दशक कचल्टिएको कश्मीर मुद्दा वारपार हुने दिशातर्फ बल्ल अघि बढेको उनले बताए । ‘कश्मीरलाई भूगोलको चुनौतीसँगै र उसले भोगेको हिं साको कालखण्डका आधारमा संसारको सबैभन्दा खत रनाक ठाउँ भनिएको छ,’ उनले भने, ‘कश्मिरी जनताको सुरक्षाका लागि सम्भावित हिं सा रोक्न पनि सुरक्षाको पूर्वसावधानी आवश्यक हुन्छ । स्थिति सामान्य हुँदै गएपछि कश्मिरी जनताले के भन्छन् भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हो ।’ याे सामग्री प्रशान्त मालीले कान्तिपुर दैनिककाे लागि तयार पारेका हुन् ।