माेटरसाइकल दु र्घटना हुँदा मलेसियामा एक नेपालीकाे मृ त्यु


उर्लाबारी : बैदेशिक रोजगारको क्रममा मलेसिया पुगेका एक नेपालीकाे सडक दु र्घटनामा परी ज्यान गएकाे छ । माेरङ जिल्ला उर्लाबारी–७ घर भई हाल मलेसिया कामकाे शिलशिलामा गएकाे मधु थापाको सडक दु र्घटनामा परी ज्यान गएकाे हाे ।
प्राप्त जानकारी अनुसार मोटरसाइकल दुर्घटनामा परी उनकाे ज्यान गएको हो । यस घटनाकाे बारेमा थप विवरण आउन बाँकी छ ।



याे पनि,
छाेरी दुब्लाएर अस्पताल पुर्याउँदा रिपाेर्ट देख्दा आमा बे हाेस
काठमाडाैं : निजी स्कुलको ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई भारतको पञ्जावस्थित एक अस्पताल लिएर गइन् ।अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिंदै छोरी एचआइभी सं क्रमित भएको बताएपछि आमा बेहोस भइन् ।
आमाले छोरी कसरी सं क्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो ।
एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने । साथीहरुको कुरा मानेर उनले पनि त्यो पाउडर सुँघेर हेरिन् । त्यसपछि विस्तारै त्यसको बानी भयो । उनले विगत १ वर्षदेखि यसको नशा गर्दै आएको बताएकी छिन् ।
किशोरीका अनुसार गाउँकै केही युवकले ला गूपदार्थको सप्लाइ गर्छन् । उनले ती केटाहरुलाई चिन्दिनन् किनकी योनशा उनका साथीहरुकहाँ आउँछ । साथीहरुले पछि उनलाई दिन्छन् । यसैले आज उनको हालत यस्तो भएको छ ।








