मलेसियामा तामिलद्वारा एक नेपाली युवा नि’र्घात कु’टिए

काठमाडाैं : मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपालीलाई स्थानीय तामिल समूहका ब्याक्तिको कु’टपिट बाट ग’म्भीर घा’इते भएका छ्न । नारायण नाम गरेका नेपाली तामिलको कु’टाइ बाट घा’इते भएको हुन् ।

याे पनि,
पांच बर्ष पहिले मलेसिया आएका जम्दार बेपत्ता ! बाबुकाे खाेजिमा छाेरा मलेसियामा

मलेसिया : करिब पांच बर्ष पहिले धन कमाउने र परिवारकाे सुख पूरा गर्ने भन्दै फुकुवा -९ पर्बतका ३८बर्षिया हरिप्रसाद शर्मा मलेसिया अाए । आर्मीकाे रिटायर्ड जीवनलाई सदुपयाेग गर्ने उद्देश्यले बि.स: २०६९ पाैष १३ गते काठमाडौं स्थीत ” दि रिभर अाेभर्सिज “म्यानपावर बाट हरिप्रसाद मलेसिया पुगे थिए ।

हरिप्रसादले मलेसियाकाे सेलाङगर काजाङ स्थित “प्रतमा सेक्युरिटी सर्भिसेज एम एसडिएन बिएचडि मा सेक्युरिटी गार्डकाे रुपमा काम गरि रहेका थिए । मलेसिया गएको करिब ७ महिनासम्म निरन्तर घर परिवारकाे सम्पर्कमा थिए उनी । नेपाल अार्मीकाे रिटायर्ड हरिप्रसाद एक छाेरि र एक छाेराेकाे पठनपाठनमा सहज हाेस भनेर मलेसियामा दुःख गरि रहेका थिए । उता अार्मीकाे पेन्सन र मलेसियामा अाफुले कमाउने कमाईले उनकाे परिवारमा खर्चकाे सहजता भएकाे थियाे । तर याे खुसि धेरै दिन टिक्न भने सकेन ।

मलेसिया अाएकाे ७ महिनापछि हरिप्रसाद एकाएक गायब भए । साथि भाइ अाफन्त काेहि कसै संग पनि उनले सम्पर्क गरेनन । लामाे समयसम्म घर परिवारकाे सम्पर्कमा नअाएपछि परिवारले खाेजि गय्राे । हरिप्रसादकाे पत्ता नलागेपछि उनकी श्रीमती लक्ष्मी शर्मा काठमाडौं अाएर उनलाई पठाएको म्यानपावर ” दि रिभर मा खाेजि दिन अाग्रह गरिन । तर उनकाे अाग्रहलाई बेवास्ता गर्दै हरिप्रसादले कम्पनी छाेडि सकेकाले केहि गर्न नसक्ने भन्ने गैर जिम्मेवार जवाफ दियाे हरिप्रसादका छाेरा प्रदिप शर्माले भावुक मुद्रामा बताए । उनी भन्छन ” म्यानपावर मात्र हैन सरकारका सम्बन्धित सम्पूर्ण निकाय परराष्ट्र , बैदेशिक राेजगार बिभाग सबैमा निबेदन दिएकाे तर सुनाई कतैबाट पनि भएकाे छैन ।”

हरिप्रसाद बेपत्ता भएपछि उनलेे पैसा पठाउने बाटाे त बन्द भयाे नै हुदाखांदाकाे पेन्सन पनि अाउन छाेड्याे । उनकाे घरकाे अार्थिक अबस्था कम्जाेर भएपछि छाेरि र छाेरा प्रदिपकाे पनि पढाईमा समस्या भयाे । अन्ततः १९ बर्षका छाेरा प्रदिप घर खर्चि धान्न र बुवाकाे खाेजि गर्न भनेर मलेसिया अाए । छाेरा प्रदिप मलेसिया अाएकाे पनि दुई बर्ष भयाे तर बुवाकाे अत्ताेपत्ताे नभएपछि उनी चिन्तामा छन । दैनिक कामकाे चाप र वुवाकाे चिन्ताले प्रदिप अाफ्नै पनि स्वास्थमा असर परेकाे छ ।

बेपत्ता भएकाे पांच बर्ष हुदा पनि बुवा जीवित छन या मृत भन्ने बारे कसैलाई पनि जानकारी छैन । तसर्थ छाेरा प्रदिपले एकपटक अाफ्नाे वुवाकाे खाेजि गरिदिन मलेसियामा बस्ने सबै नेपालीलाई अाग्रह गरेका छन ।

(यदि काेहि कसैलाई उहाँको बारेमा जानकारी भए छाेराकाे फाेन +9779847601176, हिमालय टाईम्स र नेपाली दुतावास मलेसियामा जानकारी दिएर सहयोग गर्नु हाेला अथवा येस लिंकमा हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

सम्बन्धित खवर

Back to top button