चाकडी तन्त्रको पराकाष्ट

पछिल्लो समय राजनीतिक आवरणका कथति सञ्चार गृह र सरकारी संयन्त्र वीचको खुबिया एंव विभेदकारी तालमेलले गर्दा आमसञ्चार जगतलाई कलङ्कि’त मात्रै हैन घृ’णित बनाएको छ । व्यवहारत स्ववतन्त्रताको कार्ड भिड्ने बिचारमा व्यक्तिवादी र दल विशेषको मुखुन्डो ओडेकाहरुको बलबाहुले गर्दा निष्पक्ष पत्रकारीता गर्नेहरुलाइ ओझेलमा पारेको मात्रै छैन, राज्यको चौथो अंग मानिने सम्मानित पेशालाइ नै नङग्याइरहेको छ ।

यसैको पराकाष्टको रुप हालै कोहलपुर नगरपालिकाले देखाएको छ । साउन २९ बुधबारका दिन एक कार्यक्रमका बिच बर्षौ देखि सक्रियरुपमा चलिआएको नमस्ते कर्णाली राष्टिय साप्ताहिक पत्रिका लगायतका सञ्चार् माध्यमलाइ खबर नै नगरी अन्य दैनिक र साप्ताहिक छापा ४ अनलाइन २ तथा ३ रेडियो सहित ९ वटा संचार गृहलाइ कमप्युटर तथा लयापटप १ / १ थान बितरण गरेको छ । जसको बिरोधमा नमस्ते कर्णाली राष्टिय साप्ताहिकले एक बिज्ञप्ती नै जारी गरी खेद प्रकट गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेका सदस्य समेत रहेका नमस्ते कर्णाली राष्टिय साप्ताहिका प्रकाशक÷प्रधान सम्पादक अशोक भन्डारीलाई उनकैे आसपास रहेका संचारकर्मीहरुले समेत खबरै नगरी विभेदपूर्ण व्यवहार गरेको गुनासो  पत्रकार भन्डारीले ब्यक्त गरेका छन ।

२१ औ शताब्दीको आधुनिक बिकाशमा सुचना र प्रबिधिको ठूलो जिम्मेवारी र गहन भूमिका रहने बेला यस सम्बद्घ संस्था एंव ब्यक्हतिरुको साझा उदेश्य र व्यवहारका फरक र इतरको टुक्रे मानसिकताले विनाश निमत्याउनु बाहेक अरु उपलब्धी चाटुकार हुन्छन र भएको छ । अर्को कुरा सम्पूर्ण श्रमजिबी पत्रकारहरुको मजबुत एकताबाट आमसंचार माध्याम र श्रमजिबी पत्रकारहरुको सामानुपातिकरुपमा दिर्घकालिन हकहित स्थापित गर्दै राज्यका भ्रष्ट निकायहरुको विरूद्ध खबरदारी गर्नपर्ने बेलामा उनै भ्रष्ट निकायहरुको कनिकामा भाँसिनु र बिभाजन हुनु गलत मात्रै हैन निन्दनिय हुन्छ ।

यर्सथ समाजिक भावना र पेशागत मर्यादालाई जीवत्न राख्ने हो भने पेशागत शपथ अनुसारको एकता ,ज्ञान ,सीप एवम कलाको विकासमा ध्यान दिनु जरुरी छ ।अब, हरेक स्थानीय निकायहरुले अनुकुलका आमसञ्चार माध्यमहरुलाई मात्र चारा हालेर झारा टार्ने हैन वार्षिक बजेटमा नै सामानुपातिकरुपमा सञ्चार गृहरुलाई बिज्ञापन र अनुदानको व्यवस्था सुनिश्चित गर्नुपर्छ ।

हेर्नुस् यस्ताे छ विज्ञप्तिः

सम्बन्धित खवर

Back to top button