कतारकाे एनआरएनए आईसीसी उपाध्यक्षमा नरेन्द्र भाट उम्मेदवार बन्दै

कतार : गैर आवासीय नेपाली संघ (एनआरएनए ) भन्ने वित्तिकै यो एउटा छाता संगठन भन्ने बुझिन्छ । विश्वभर छरिएर रहेका नेपालीहरुको आस्थाको धरोहर हो । यो अहिले विश्वका ८० वटा देशहरुमा रहेको छ । यस संस्थाको नेपालका लागि नेपाली भन्ने मुलमन्त्रका साथ २००३ मा बेलायतबाट सूरुवात भएको हो ।

२००२ बाट कतारमा बस्दै विभिन्न आरोह अवरोह घुम्ति मोडहरुलाई पार गर्दै आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउदै नरेन्द्र भाट एनआरएनए कतारमा रहेर आफ्नो तर्फबाट विभिन्न तह र तप्काबाट संस्थामा एउटा ईमान्दार कर्तव्य निष्ठ भई काम गर्दै २००७–२००९ सम्म कतारको महासचिवको पदमा रहि काम गरे ।

उनको लगनशीलता र मेहनतलाई मूल्यंकन गर्दै फेरी २००९-०११ अक्ष्यक्षको कार्यकालको लागि चुनिएका थिए । सफल कार्यकाल पछि संस्थाको नीति, नियम र मूल्य मान्यतालाई अंगिकार गर्दै सक्रिय रुपमा कार्यकाल विताई फेरी २०११-०१३ सम्म संयोजकको रुपमा एनआरएनएमा रहि मध्यपूर्वका हरेक नेपालीहरुको नजिक रहि साँझा समस्याहरुको सम्वोधन गर्दै अधिकारका लागि एकतावद्ध भै अगाडी बढ्न प्रोत्साहन गरे ।

भाटको कार्य यत्तिमा मात्र सीमित रहेन तत्पश्चात २०१३-०१५ को लागि आईसीसी उपाध्यक्षमा उम्मेदवार साथैै सल्लाहकार भएर पनि संस्थालाई अगाडी बढाउँन र सम्पूर्ण एनआरएनहरुको साँझा मु’द्धाहरुमा आफ्नो भूमिका निर्वाह गर्दै पून: २०१५-०१७ का लागि आईसीसी उपाध्यक्ष तथा संगठनको सल्लाहकारकै पदमा रहि आफ्नो भूमिका निर्वाह गर्दै संगठन प्रति बफादार भएर अघि बढीरहे । यस पछि भाटको संगठनमा रहेर काम गर्नेमा कुनै किसीमको दुर्वलता रहेन ।

अहिले पनि उनले संगठनमा एउटा सम्मननीय सल्लाहकारको रुपमा रहि निरन्तर रुपमा संगठनलाई आफ्नो तर्फबाट टेवा पुर्याउँदै आइरहेका छन । उनले अहिले पून: आईसीसी उपाध्यक्षको लागि उम्मेदवारी दिने मनसाय रहेकाे बताएका छन ।

सम्बन्धित खवर

Back to top button