कार्यक्षेत्रमै पठाइयो ४ हजार ५० जना हेल्थ असिस्टेन्टको समायोजन पत्र

काठमाडौं, २३ भदौ : निकै लामाे समयदेखि अट्किरहेकाे स्वास्थ्यका कर्मचारीकाे समायाेजनले गति लिन थालेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार ५० जना हेल्थ असिस्टेन्ट (एचए)को समायोजन गरेको छ । मन्त्रालयले उनीहरुको पत्र सम्वन्धित कार्यस्थलमा पुग्ने गरी पठाएको जनाएकाे छ । याेसँगै वीच-वीचमा लफडा हुँदै राेकिँदै गरेकाे पाँचाै र चाैँथाे तहकाे समायाेजले गति लिन थालेकाे हाे ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ‘एचएको समायोजन सम्पन्न भएको छ । ४ हजार ५० जनाको समायोजन पत्र उनीहरुकै कार्यस्थलमा हिजै पठाएकाे छाैं ।’  मन्त्रालयले अब छिटै अहेव र अनमीको समायोजन पत्र वितरण तयारी गर्ने समेत उल्लेख गरेकाे छ । गत १५ असार देखि शुरु भएको स्वास्थ्य समूहका कर्मचारी समायोजन सम्पन्न हुन भने अझै केही समय लाग्ने देखिएको छ ।

सम्बन्धित खवर

Back to top button