दक्षिण एसियाकै नेपाल खुल्ला दिसामुक्त देश


काठमाडौं : दक्षिण एसियामै सबैभन्दा पहिले खुल्ला दिसामुक्त देश नेपाल हुने भएको छ । सोमबार सरकारले नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ । योसँगै नेपाल दक्षिण एसियाकै पहिलो खुल्ला दिसामुक्त देश हुन लागेको हो ।
खानेपानी तथा सरसफाई मन्त्रालयको आयोजनामा प्रधानन्त्री केपी शर्मा ओलीले खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको छ बताइएको छ ।



प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १२ बजे घोषणा कार्यक्रम रहेको खानेपानी तथा सरसफाई मन्त्रीको सचिवालयले जनाएको छ।








