नेपाली मूलका विदेशी नागरिकका व्यवहारबाट अध्यागमन कर्मचारी आ’जित


काठमाडौंं : नेपाली मूलका विदेशी नागरिकका व्यवहारबाट अध्यागमन कर्मचारी आजित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीमाथी नेपाली मूलका विदेशीले अ’भद्र व्यवहार गरेर आ’जित बनाएका हुन् । अध्यागमन कार्यालयका प्रमुखले आफ्ना कर्मचारीविरुद्ध अभ’द्र व्यवहार र अध्यागमन डेस्क तोडफो’ड गरेका पाँच जनालाई का’रबाहीका लागि सिफारिस गरिएको बताएका छन्।
प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेलले नेपाली मूलका अस्ट्रेलियाली नागरिकले त्यस्तो गतिविधि गरेको बताएका छन् । विमानस्थलमा गैरआवसीय नेपालीका लागि अलग्गै अध्यागमन डेस्कको व्यवस्था गरिएको छ। तर गैरआवसीय नेपाली सङ्घले का’नुन उल्ल’ङ्घनलाई आफूले साथ नदिने बताउँदै यस बारेमा आधिकारिक जानकारी नभएको बताएको छ।



गएको आइतवार क्याथी ड्र्यागन एअरलाइन्सबाट आएका नेपाली मूलका अस्ट्रेलियाली नागरिक रमेशकुमार थापासहित पाँच जनाले कर्मचारीहरूमाथि दु’र्व्यवहार गरेका विवरण आएका छन्।
अध्यागमन डेस्कको सिसा फु’टाइदिएको आ’रोपमा थापालाई प’क्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पौडेलले बताए। “एक जनालाई प्रहरीले नि’यन्त्रणमा लिएको हो। उनलाई उक्साउने र अपशब्द प्रयोग गर्ने अन्य चार जनाको राहदानी नि’यन्त्रणमा लिएर का’रबाही गर्न विभागलाई लेखेर पठाएका छौँ।”
एउटा विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले नेपाली मूलका विदेशी नागरिकहरूबाट पटकपटक आफ्ना कर्मचारीहरूलाई अभ’द्र व्यवहार गरिएको भन्दै त्यस्तो व्यवहार नगर्न सार्वजनिक अनुरोध गरेको छ।
पौडेलले भने, “उहाँहरूमध्ये कतिपयले आफूलाई उच्च दर्जाको नागरिक ठान्ने र यहाँ काम गर्ने हामीहरूलाई तल्लो दर्जाका नागरिकलाई ठान्ने गरेको महसुस गरेका छौँ।”
“हाम्रा कर्मचारीहरूलाई निम्न स्तरको शब्दहरू प्रयोग गर्ने खालको पाइएको छ। हामी पहिलेका नेपाली हौँ, त्यही भएर अध्यागमनको प्रक्रिया पूरा पनि गर्नु पर्दैन जस्तो गर्नुहुन्छ।”
विमानस्थलमा रहेको गैरआवसीय नेपालीको डेस्कले परिचयपत्रवाहक नेपाली मूलका विदेशी नागरिकहरूलाई अध्यागमन सुविधा उपलब्ध गराउने गरेको छ।
तर परिचयपत्र नभएका नेपालीहरूले भने विदेशीसरह सरकारले निर्धारण गरेको दस्तुर बुझाएर मात्र नेपालको प्रवेशाज्ञा लिनुपर्ने व्यवस्था छ।
पौडेल भन्छन्, “उहाँहरूले लाइनमा नै नबसी पहिल्यै गर्दिनुपर्यो भन्ने खालको व्यवहार गर्नुहुन्छ।”
“थुप्रै पटक मुख छाड्ने र दु’र्व्यवहार समेत गर्ने गर्नुभएकाले हामी आजित भएका छौँ।”
“हामीले नेपाली मूलका विदेशी नागरिकको व्यवहार पाच्य छैन भनेर मन्त्रालयको सचिव र अध्यागमन विभागका महानिर्देशकलाई पनि जानकारी गराएका छौँ।”
गैरआवसीय नेपाली सङ्घका प्रवक्ता भूषण घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएको भनिएको पछिल्लो घटनाबारे आधिकारिक रूपमा आफूहरूले कुनै जानकारी नपाएको बताए।
उनले भने, “कुनैपनि कानुनको उल्लङ्घनलाई हामी साथ दिँदैनौँ। जुनसुकै देशमा हुँदा त्यहाँको का’नुनको पालना गरिनुपर्छ।”
“पछिल्लो घटनाबारे संस्थालाई आधिकारीक रूपमा केही जानकारी छैन।”
तर सङ्घका अर्का एक पदाधिकारीले विमानस्थलको अध्यागमन डेस्कमा भएको उक्त घटनामा जोडिएका व्यक्तिहरू महाधिवेशन प्रतिनिधिहरू भएको पुष्टि गरेका छन्।
ती पदाधिकारी भन्छन्,”महाधिवेशनमा भाग लिन तीन हजार प्रतिनिधिहरू आएका छन्।”
“अहिले आ’रोप लगाइएका व्यक्तिहरूले अध्यागमनका कर्मचारीबाट आफूहरूले दुर्व्य’वहार खेप्नुपरेको बताएका छन्। हामी यसबारे बुझ्दैछौँ।”
गएको भदौमा सङ्घका अध्यक्ष भवन भट्टलाई म’दिरा से’वन गरी सिङ्गापुर जाने जहाजभित्र अपशब्द बोलेको आरो’पमा विमानबाट निकालिएको थियो।
अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन डेस्कमा सदैव कर्मचारी नहुने जस्ता समस्या पनि देखिने गरेका विवरणहरू आउने गरेका छन्।
पर्याप्त कर्मचारिको अभावका कारण पर्यटकहरूले लामो समय लाम लाग्न बाध्य भएका विवरणहरू आएका थिए।
तर प्रमुख अध्यागमन अधिकृत पौडेलले गैरआवसीय नेपालीसँग जोडिएका विवादमा कर्मचारी कारण नभई नेपाली मूलका विदेशी नागरिकको अहमका कारण भएको बताएका छन्।