एक्कासी बे’होस भएर मलेसियामा एक नेपालीको मृ’त्यु

काठमाडौं : एक्कासी बे’होस भएर मलेसियामा एक नेपालीको मृ’त्यु भएको छ । रोजगारीको सिलसिलामा मलेसिया गएका दाङ, शान्तिनगर गाउँपालिका -२, रातीपोखरी निवासी ४२ वर्षीय मोहन केसीको असोज २९ गते एक्कासी बे’होस भएर मृ’त्यु भएको हो ।

केसी दशैंको टिकाको अघिल्लो दिन एक्कासी बे’होस भएपछि उपचारका लागि मलेसियाकै सालम हस्पिटलमा लगिएको थियो। उनको उपचारको क्रममा मृ’त्यु भएको उनका भतिजा गणेश केसीले बताए।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा कार्यरत थिए । उनी सेक्युरिटी गार्डमा काम गर्नका लागि गत जेठको अन्तिममा नेपालबाट मलेसिया गएका थिए। केसीको श’व सोमबार काठमाडौँ आइपुग्ने भतिजा केसीले बताए।

सम्बन्धित खवर

Back to top button