‘सत्यको इजलास सामु केही स्केच बनाइरहें’

नेपालगन्ज : आत्मअ’पराधको अनुस’न्धान महाशाखाको क’ठघरामा उभिएर सत्यको इज’लासको सामु म केहि स्केचहरु वनाइरहें
पहिलो स्केच वनाए
पाँच छ फिटको क’फन
पाँच छ वर्षको शा’सन
पाँच छ जनाको परिवार
पाँच छ अरबको भ्र’ष्टाचार
स्केच तयार भयो
हुवहु मेरा बाको जस्तै
जजसाव, मेरा बा रहिछन् यो देशको ग’द्घार ।
कविताका यी हरफ हुन् कवि हेमन्त गिरीका । कविता पारखीहरुलाई स्तरीय कविताको स्वाद चखाउने उद्देश्यले शनिबारबाट नेपालगन्जमा सुरुवात गरिएको काव्यगन्जको पहिलो श्रृंखलामा कवि हेमन्त गिरीका एक दर्जन वढी कविता प्रस्तुत गरीए । मध्यपश्चिम श्रष्टा समाज बाँकेको आयोजना र क्रियटिभ बुक्सको सहकार्यमा काव्यगन्जको पहिलो श्रृंखला सम्पन्न भएको हो ।

नेपालगन्जका साहित्यकार, राजनीतिकर्मी, व्यवसायी, बुुद्धिजिवी लगायत करीब एक सय जनाको सहभागीता रहेको कार्यक्रममा कवि गिरीले क्याफे, तन्ना, विश्वास, आधा चिठ्ठी, मलाई हेर्नुस्, पठाइदे, अव म कविता लेख्दिन जस्ता शिर्षकका आधा दर्जन कविता आफ्नै आवाजमा पस्केका थिए ।

कवि गिरीका ढुङ्गो, स्केच, विश्वास, निबन्ध लगायत ५ वटा कविता सहयोगी कविका रुपमा प्रदिप भटराई, विपि अस्तु, गोल्डेन उद्भाष, सन्तोषी विष्ट र हेम प्रकाश मञ्जिलले वाचन गरेका थिए । कार्यक्रममा कवि भट्टराईले वाचन गरेको गिरीको निवन्ध शिर्षकको कवितामा भनिएको छ ।
देशको निवन्ध लेख भनेको दिन
मेरो सानी छोरीले लेख्छिन्
मलाई देश मन पर्दैन ।
वावा आमा, काका काकी, दाई दिदिहरु
नअटाउने देश के देश ?
मलाई देश मन पर्दैन । …..
रोजगारीको शिलशिलामा जापानमा वस्दै आएका गुल्मी निवासी कवि गिरीका कवितामा परदेशीको मनोदशा, सामाजिक विसंगतिप्रतिको व्यंग्य देखी समसायमीक आ’क्रोस झल्किन्थ्यो । नेपाल आएको समयमा पश्चिम नेपालका कविताप्रेमीका बीचमा कविता सुनाउन पाएकोमा गिरिले खुशी व्यक्त गरे । उनले भने – “नेपालगन्ज साहित्यको उर्भर भूमी भनेर सुन्दै आएको थिए । कविता सुन्न आएको यो उपस्थिति देख्दा सहि ठाँउमा आएको महसुस भएको छ ।” कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सनत रेग्मीले गिरीका कविताको प्रसंशा गरे । उनले संधै आफ्ना रचना सुनाउन आउने नेपालगन्जका साहित्यकारहरुबीच राम्रा कविताहरु सुन्ने श्रृंखलाको सुरुवात भएकोमा पनि खुसी व्यक्त गर्दै भने, “कविता पढ्न भन्दा सुन्ने विधा भएकाले पुस्तकले भन्दा यस्ता कार्यक्रमले लोकप्रियता वढाउछ ।”

आयोजक मध्यपश्चिम श्रष्टा समाज बाँकेका अध्यक्ष सृजन लम्सालले नेपालगन्जमा हालसम्म वहुभाषिक कवि गोष्ठीहरु हुँदै आएकोमा अब प्रतिभाशाली कविहरुलाई पहिचान गरेर एकल मन्च प्रदान गर्न काव्यगन्जको सुरुवात गरिएको जानकारी दिएका छन् । नेपालगन्जको नामसँग सामन्जस्य रहेको काव्यगन्जका श्रृखंलाहरु प्रत्येक २ महिनामा आयोजना गरिने मध्यपश्चिम श्रष्टा समाजका सचिव अमृत ढकालले जानकारी दिए । सचिव ढकालका अनुसार काव्यगन्जका आगामी श्रृंखलाहरुमा दर्शक/श्रोताका लागि टिकटको व्यवस्था गरिने छ ।

सम्बन्धित खवर

Back to top button