नेपाली भाषा नै बोल्न बिर्सिसकेका नेपाली मलेसियाको जे’लमा

काठमाडौं : मलेसियाकाे जे’लमा रहेका एक नेापलीले आफ्नाे देशकाे भाषा बाेल्नै जान्दैनन् । नेपाली भाषा नै बोल्न बिर्सिसकेका नेपाली मलेसियाको जे’लमा रहेकाे तथ्य सार्वजनिक भएकाे छ । मलेसियाको अध्यागमनसँग सम्बन्धित जे’ल (लेन्ग्गेन इमिग्रेसन डेटिन्सन सेन्टर) मा ११ जना नेपाली मध्ये सोमकुमार तामाङ नेपाली भाषा बाेल्न जान्दैनन् । मलेसिया भ्रमण रहेको वैदेशिक रोजगार विभागका महा’निर्देशक भीष्मकुमार भुसाल नेतृत्वको टोलीले यो जेल’मा पुगेर नेपालीहरुसँग कुरा गर्ने क्रममा सोमकुमारलाई पनि भेट्यो । तर सोमकुमार न नेपाली भाषा बोल्न सक्छन्, न बुझ्छन् ।

अध्यागमन अधिकारीहरुले बताएअनुसार तामाङले आफनो राष्ट्रियता नेपाली लेखाएका छन् । उनी अ’वैध रुपमा मलेसियामा काम गर्ने क्रममा प’क्राउ परेका हुन् । उनीसँग आफनो कुनै पनि परिचय खुल्ने कुनै कागजात पनि छैन । ‘जेल’मा रहेका सबै नेपालीसँग छल’फल गरी उनीहरुका परिवारसँग कुरा गरायौं । जे’लसम्मको यात्रा र त्यहाँ भोगेको दुःख सुन्यौं,’ भुसाल भन्छन्,’ त्यही क्रममा सोमकुमार पनि भेटिएका हुन् । तर उनी नेपाली भाषा फिटिक्कै बुझ्दैनन् ।’

उनले बाबुआमा र गाउँको नाम पनि थाहा छैन । उनले तामाङ भाषा समेत बुझेनन् । आफ्ना भिनाजु गंगावीर तामाङले १७ बर्षअघि आफूलाई मलेसिया ल्याएको मलेसियन भाषामा उनले बताए । उनका भनाइअनुसार भिनाजु बितिसके । ‘मलेसिया आउँदा १४ बर्षका थिएँ भन्छन्,’ भुसालले भने, ‘अर्कैको पासपोर्टमा उनको फोटो टाँसेर ल्याएको भन्ने छ । तर त्यसलाई पुष्टि गर्न सक्ने आधार छैन ।’ तामाङले साथीका रुपमा डम्बरबहादुर बस्नेतको नाम दिएका छन् ।

मलेसिया बसाईका क्रममा इन्डोनेशियन केटीसँग बिहे गरेका उनी जोहरबारुस्थित प्लाष्टिक कम्पनीमा काम गर्थेँ । भुसालले भने, ‘हामीले परिवारसँग कुरा गराउन खोज्दा उनले इन्डोनेसियन सालीलाई फोन गरी नेपाली राजदूतावासमा गएर आफूलाई छु’टाउन आ’ग्रह गरे । तर राजदूतावासका साथीहरुले उनी नेपाली भएको कुनै प्रमाण फेला पार्नुभएको छैन ।’

वैदेशिक रोजगार विभागले सोमकुमारबारे कुनै जानकारी भए खबर गर्न आ’ग्रह गरेको छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अ’वैध रुपमा लु’केर बस्दा वर्षौंसम्म परिवारसँग सम्पर्कविहीन हुनु परेका घटनाहरु यसअघि पनि सार्वजनिक भएका थिए । तर सोमकुमारको हकमा उनी नेपाली हुन् वा होइनन् भन्ने प्रष्ट नभएकाले जे’लबाट छुटाएर तत्काल स्वदेश फर्काउन सक्ने अवस्था नभएको भुसालले बताए ।

साथै उनले नेपाली कामदारहरुलाई ‘ओभर स्टे’ हुने गरी मलेसिया नबस्न समेत आ’ग्रह गरे । ‘मलेसियाले दिएको सुविधा बमोजिम यही डिसेम्बरभित्र नेपाल फर्कन समय छ,’ उनी भन्छन्, ‘नेपालमा आफन्तले बाटो हेरिरहेको भुल्न हुँदैन ।’

सम्बन्धित खवर

Back to top button