“आफ्नै मनलाई नसोधेर कतै टाढा जान मन छ”


गजल
यो हल्ला यो कोलाहल छोडेर कतै टाढा जान मन छ ।।
अब त पहेंलो बस्त्र ओढेर कतै टाढा जान मन छ ।।



यी मान्छेको हर्कत देख्दा उदेक लागेर आउँछ र त,
आफ्नै मनलाई पनि नसोधेर कतै टाढा जान मन छ ।।
दु:खको विहानी लिएर उदाउँछ घाम पनि मेरो बस्तिमा,
कति बस्नु यो सास्ती भोगेर, कतै टाढा जान मन छ ।।
मैले श्रम र सीप दिन तयार हुँदा-मौन बस्यो देश,
मनभरी दु:ख र पींडा बोकेर कतै टाढा जान मन छ ।।
मेरो आस्थाको बाटो साघुरिंदै-साघुरिंदै सकिन थाल्यो,
अब, आस्थाहीन बाटो रोजेर कतै टाढा जान मन छ ।।
कीर्तिपुर, काठमाडौं