अमेरिकामा कोरोनाले लियो एक नेपालीको ज्यान


एजेन्सी, २६ चैत : कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको न्युयोर्कमा आज एक जना नेपालीको ज्यान गएको छ । कोरोना भाइरसका कारण ङिमा तेम्बा शेर्पाको ज्यान गएको हो ।
शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गर्दै शेर्पाको नि,धनको पुष्टि गरेको छ।शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान क्वीन्सको एल्मर्स्ट अस्पतालमा असा’मयिक नि,धन भएको अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले बताए।



ङिमा तेम्बा शेर्पा कोभिड-१९ को संक्रमणका कारण विगत केही हप्तादेखि सो अस्पतालमा उपचाररत थिए।
कोरोनाको महा’मारी सुरु भएपछि १५ दिनमा न्युयोर्कका ५ जना नेपालीहरुको नि’धन भएको छ।