डडेल्धुराको आलितालमा ६ बर्षिय वालकको मृ’त्यु


डडेल्धुरा, २७ चैत्र : जिल्लाको आलितालमा ६ बर्षिय वालकको मृ’त्यु भएको छ । आलिताल गाउँपालिको वडा न. ७ बान्नीगडाका ६ बर्षिय वालक गणेश ठगुन्नाको घर भित्रै सलको पिङमा अल्झीए मृ’त्यु भएको हो ।
घर भित्रै धुरीखामोमा खेल्नका लागि बनाईएको सलको पिङमा अल्झीएर वालकका मृत्यु भएको ईलाका प्रहरी कार्यलय जोगबुडाका प्रहरी निरिक्षक जनक बहादुर मल्लले जानकारी दिनु भएको छ ।



मृतक वालकको सब पोष्टर्माटमका लागि जोगबुडा अस्पताल पठाइएको छ । थप रिर्पोट पोष्टर्माटम पछि आउने प्रहरीले जनाएको छ ।








