कोरियामा भिसा सकिएका नेपाली कामदारलाई ५० दिन थप

काठमाडौं, २ बैशाख : दक्षिण कोरियाले भिसा सकिएका नेपाली कामदारलाई ५० दिन थप्ने निर्णय गरेको छ । काेरियाको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना म’हामारीको सम’स्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ देशका प्रवासी श्रमिकलाई ५० दिनको भिसा थप हुने भएको हो ।

इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ ।

याे नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ तर अवधि पूरा भएर पनि कोरोना म’××हामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५०० प्रवासी मजदुर (इ–९) लाई यो निर्णयले सहज बनाएको छ ।

यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय भएको थियो ।

सम्बन्धित खवर

Back to top button