विदेशमा समस्या पर्यो ? यसो गर्नुहोस् !
काठमाडौं, ३ बैशाख : वैदेशिक रोजगारीको वा अन्य कुनै कामको सिलसिलामा निकै समस्यामा परेका वैदेशिक रोजगार व्यवसायी संघले सहयोग गर्ने भएको छ । काम गर्ने व्यक्तिलाई कम्पनीले कामबाट निकालेको वा यस्तै अरु समस्या समाधानका लागि वैदेशिक रोजगार व्यवसायी संघले सहयोग गर्ने भएको हो ।
यदि त्यस्ता कुनै समस्या भएमा वैदेशिक रोजगार व्यवसायी संघ समक्ष राख्न सकिने छ । कम्पनीले कामबाट अवकाश दिएमा, तलब नदिएमा, खाना बस्न नदिएमा तथा लकडाउन खुलेपछि नेपाल फर्काउने भनेको छ भने आफूहरुलाई खबर गर्न वैदेशिक रोजगार व्यवसायी संघले आ’ग्रह गरेको छ ।
यदि तपाईंलाई यस्तो समस्या छ भने वैदेशिक रोजगार व्यवसायी संघको फेसबुक पेज https://www.facebook.com/nafeaorg मा म्यासेज गर्न सक्नुहुन्छ ।
यस्तै वैदेशिक रोजगार व्यवसायी संघका सदस्यहरुलाई व्यक्तिगत रुपमा फोन गरेर पनि आफ्नो समस्या राख्न सकिने संघले जनाएको छ ।
सम्पर्क :
अध्यक्ष – बिष्णु गैरे –९८५१०२७६५१, प्रथम उपाध्यक्ष – कमल तामाङ –९८५१०९५२३९, द्वितीय उपाध्यक्ष – कमलदेव मल्ल –९८०१०१८६१८, तृतीय उपाध्यक्ष – किशोरकुमार केसी –९८५१०७८८७२, महासचिव – सुजितकुमार श्रेष्ठ –९८५१०७०६५२, सचिव – मेघनाथ भुर्तेल –९८५१०७०२८२, कोषाध्यक्ष – इन्दिरा गुरुङ –९८५११०१६७१ ।