डडेल्धुरादेखि धनगढी जांँदै गरेको कार दु’र्घटना


डडेल्धुरा, ३ बैशाख : भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका १ घण्टेश्वरको घोरडीमा कार दु’र्घटना हुँदा ६ जना घाइ’ते भएका छन्।
बुधबार डडेल्धुरादेखि धनगढीतर्फ गइरहेको से १ च २३८८ नम्बरको कार दु’र्घटनामा परेको घण्टेश्वर प्रहरी चौ’की गैराले जानकारी दिएको छ।



बिहान करिब ९ बजेर ४५ मिनेट जाँदा कार दु’र्घटनामा परेको कार थियो । कार सडकदेखि झण्डै तीन सय मिटर तल ख’सेको प्रहरीले जनाइएको छ । प्रहरीका अनुसार कारमा सवार चालकसहित ६ जना सबै घा’इते रहेको छन्।
घटनामा परी घा’इते हुनेमा चालक मानबहादुर थापासहित डडेल्धुराकै रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेको जनाइएको छ।
चालक मानबहादुर थापाको खुट्टाको रड निकाल्न धनगढी गइरहेको कारमा चालकसहित ४ जनाको जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट सवारी पास दिइएको पाइएको प्रहरीले जनाएको छ। कारमा दुई साना बालबालिका सवार रहेको र दुई जनाको सवारी पासमा नखुलाइएको बुझिएको छ।
प्रहरीका अनुसार एलिजा र मान्धरीको अवस्था ग’म्भीर रहेको छ। उनीहरूको उ’द्धार गरी पद्मा अस्पताल कैलालीमा उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घ’टनाको कारण भने खुलेको छैन।








