पूर्व मन्त्री वलायरले विद्यार्थीलाई खाद्यान्न वितरण


डडेल्धुरा, ५ वैशाख : विश्व अहिले कोरोना भाइसर अर्थात (रोभिड १९) को स’न्त्रासमा रहेको छ । यसको असर नेपालमा पनि परेको छ । नेपालमा कोरोना भाइरस संक्र’मितको संख्या ३० पुगेको छ ।
कोरोना भाइसर रो’कथाम तथा नि’यन्त्रणका लागी सरकारले देशनै लकडाउन गरेको छ । लकडाउनको मारमा यती वेला कामको सिलसीलामा रहेर कोठामा वस्ने र विद्यार्थीहरु परेका छन् । अध्ययनका लागी काठमाण्डौंमा रहेका डोटीका थुप्रै विद्यार्थीहरु घर फर्किन नपाएर कोठा भाडामा बस्न वाध्य भयका छन् ।



लकडाउनको मारमा परेका डोटीका ८० जना विद्यार्थीलाइ शुक्रवार नेपाली काङगे्रसका केन्द्रीय सदश्य एवम पूर्व भौतीक पूर्वाधार तथा यातायात मन्त्री विर वहादुर वलायरको सहयोगमा खाद्य सामग्रीहरु वितरण गरिएको छ ।
लकडाउनको समयमा घरवाट पनि पैसा मगाउन नसकिने र बजारमा किनमेल गर्न पनि सहज नभएकाले कोठा भाडामा रहेका विद्यार्थीहरुलाइ खाद्यान्नका सामग्रीहरु वितरण गरिएको हो । पिहलो चरण अन्तर्गत शुक्रवार ८० जनालाई प्रती व्यक्ति १० किलो चामल र १ किलो दालका दरले ८ सय किलो चामल तथा ८० किलो दाल वितरण गरिएको वितरण कार्यमा सहभागी चन्द्र वोगटीले जानकारी दिए ।
अहिले वितरण गरेको खाद्यान्नले १५ गते सम्मको लकडाउनका लागी पुग्ने र फेरी लकडाउन थपिए थप खाद्यान्नका सामानहरु वितरण गर्ने योजना रहेको केन्द्रीय सदस्य एवा पूर्व मन्त्री विरवाहदुर वलायरले जानकारी दिए । कोठा भाडामा रहेका र घर जान नपाइ समस्यामा रहेका अन्य विद्यार्थीहरुलाइ पनि सहयोग गर्ने समेत वलायर वतायका छन् ।








